किवि खेति प्रविधि
परिचय
किवीफल लहरामा फल्ने बहुबर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ । यो फलको खेती तथा उपभोग दर विस्तार हुँदैछ । यसलाई शुरुमा चाईनिजमा गुजबेरी भनिन्थ्यो भनेपछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा धेरै समय अगाडिदेखि जङ्गली कीवी फलको बोट घाँसको रुपमा पशुवस्तुहरुलाई खुवाईने गरेको र फल अचारको रुपमा प्रयोग हुँदै आएको छ ।यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ । हालसम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको छ । यस फलको उत्पत्ति स्थल चीनको याङ्गजे नदिको भ्याली हो ।
हवापानि
किविफल चिसो आद्रता भएको हावापानी रुचाउने बालि हो । त्यसको खेति शितोष्ण हावापानी भएको भभागमा गर्न पकिन्छ । पानि जम्ने र वर्षातमा पानी उम्रिने जमिन उपयक्त हदैन । नोपलको सन्दर्भ समद्री सतहबाट १००० देखि २५०० मिटर उचाई भएका क्षेत्रमा खेति गर्न सकिएता पनि व्यवसायिक खेति गर्न १२०० देखि २४०० मिटर उपयक्त होला । मना र फल फल्नको लागि जात अनसार ४०० देखि ८०० घण्टा ७ं से भन्दा कम स्थिर तामक्रम अर्थात चिलिग अवधि आवश्यक पर्दछ ।
जातहरु
१ हेवार्ड ः यो जात न्यजिल्याण्डका कृषक हेवार्ड राईटले सन् १९२४ मा छनौट प्रकृयाबाट गरेका हन । यो विश्व बजारमा सवैभन्दा बढी समावेश भएको जात हो । फलको आकार ठला र आकर्षक हन्छ र ढिलोगरी पाक्ने जात हो ।फल गोलो र हल्का चेप्टो हन्छ ।
२ एलिसन ः यो जात न्यजिल्याण्डमा सन् १९२० मा छनौट प्रकृयाबाट विकास गरिएको हो बा्क्रामा बाक्लो खैरो झस भएको ,मध्यम ,लामो फल टप्पोतपर्फ अलि उठेको हन्छ ,राम्रो भण्डारण क्षमता भएको जात हो ।
३ ब्रनो ः यो जात सन् १९२० मा विकास गरिएको हो ।हरियो गदी भएको जातहरुमा यो अगौटे जात हो । अत्यधिक फल लाग्ने र कम चिलिंग अवधिले पनि पग्ने भएकोले यो जात कम उचाई भएकको पहाडी भागमा पनि लगाउन सकिन्छ ।
४ एव्बोट ः यो जातको फल सानो र गोलकार हन्छ ।
भाले जातहरु
१ माचवा ः यो अगौटे फल फल्ने भाले जात हो । झप्पामा ३ देखि ४ वटा फलहरु हन्छन फल सेतो रंगका हन्छन । यो अगौटे भएकोले अगौट जातहरु ब््रानो ,एव्वोट ,मोन्टी जातहरुको लागि उपयक्त हन्छ ।
२ टोमरी ः यो अगौट फल फल्ने हेवार्ड जस्तो पछौटे जातलाई परागशेचन गर्न उपयक्त जात हो ।
प्रसारण ःकिवि लाई विउ र किवीफलमा कलमी (ग्राप्mिटंग, न्चबातष्लन) गर्ने विधि हो ।
विरुवा लगाउने समय ः पस —माघ
विरुवा लगाउने दरी ः अग्ला जातहरुलाई मेल रुटरुटक प्रयोग गरिएका ५ ५ मिटर ( २० विरुवा प्रति रोपनी तथा४०० विरुवा प्रति हेक्टर)र होचो जातहरुलाई ३ ३ मिटर को फरकमा लगाउन सकिन्छ ।
मलखाद ब्यवस्थापन
किवी बोटको पातको आकार ठूलो, साना र धेरै जरा, छिटो र लगातार बढ्ने तथा धेरै फल फल्ने स्वभाव भएकोले यसलाई प्रशस्त मलखादको आवश्यकता पर्दछ । किवी फलको लागि पहिलो बर्ष प्रति बोट ३० किलोग्राम गोबरमल, १०० ग्राम युरिया, २०० ग्राम डिएपी र १५० ग्राम पोटास, दोस्रो बर्ष प्रति बोट ३० किलोग्राम गोबरमल, २०० ग्राम युरिया, ३०० ग्राम डिएपी र ३०० ग्राम पोटास, तेस्रो बर्ष प्रति बोट ६० किलोग्राम गोबरमल, ५०० ग्राम युरिया, ५०० ग्राम डि।ए।पी। र ४०० ग्राम पोटास र चौथौबर्ष देखि ६० किलोग्राम गोबरमल, १।५ किलोग्राम युरिया, १ किलोग्राम डि ए पी र १ किलोग्राम पोटास मल हाल्नु पर्दछ । सबै गोबरमल, डि।ए।पी। ,पोटास र आधा भाग युरिया बिरुवाको फेद वरिपरी खनजोत गरी गोलाकार रिङ्गमा छरेर माटोले पुरी सिंचाई गरी दिनु पर्दछ । बाँकी आधा भाग युरिया असार साउन महिना प्रयोग गर्नुपर्छ ।
गोडमेल तथा बिरुवाको स्याहार सम्भार
किवीफलको बोटको पात पौष माघमा झर्छ, यस समयमा जराहरु निस्कृय अवस्थामा रहने भएकोले यो गोडमेल गर्ने उपयुक्त समय हो।यस बेला बोट वरीपरीको झारपात हटाएर धेरै गहिरो नहुने गरी खनजोत गर्ने र सिफारिस मात्रामा मल हाली माटोले पुरी छापो हाली सिंचाई गर्नु पर्दछ। यसै गरी असार साउनमा पनि झारपात हटाएर धेरै खनजोत गरी मल हालेर छापो दिनु पर्दछ।यो देखि बाहेक आवश्यकता अनुसार झारपातकव प्रकोप ह्रेरेर बोट वरीपरीको झारपात हटाउनु पर्दछ ।
किवी बोटलाई थाक्रो दिने
किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिब ६–७ फिट अग्लो भए पछि माथि पट्टी ‘टि’ आकारको सिमेन्ट खम्बा वा फलामको जिआई पाईप गाडेर कम्तीमा तीन लाईन मोटो तार टाँगि दिनु पर्दछ। यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य ब्यवस्थापनको काम गर्न सजिलो हुन्छ।
किवीको तालिम
बिरुवालाई आवश्यकता अनुसार अकारमा ल्याउनुलाई किवी बोटको तालिम भन्ने बुझिन्छ ।
प्रथम बर्ष स् किवी छिटो बढ्ने बिरुवा भएकोले पौष माघमा रोपेको बिरुवा असारसम्ममा अग्लो भई सक्छ। शुरुमा एउटा मात्र मुना राखेर फेदबाट पलाएका सबै हाँगा हटाउनु पर्दछ।बिरुवा ६ फिट अग्लो भएपछि मूख्य मुना काटी दिनु पर्दछ।यसरी काटेको ठाँउबाट पलाएका दुई वटा मुनालाई दुई तिर मुख्य हाँगाको रुपमा बढ्न दिनु पर्दछ।
दोस्रो, तेस्रो र चौथो बर्ष स् पातको अगाडी फेदबाट कोपिला बढ्न शुरु हुन्छ र यहि मुनालाई फल्न् हाँगाको रुपमा बिकास हुन दिनु पर्दछ।मुख्य हाँगामा प्रत्येक ४० सेन्टिमिटरमा यस्ता फल फल्ने हाँगाहरु बिकास गराई डोरीले तेर्सो गरी बाँधी दिनु पर्दछ । सिधा माथि अकाश तिर बढेका हाँगाहरुमा कम फल फल्ने हुनाले यस्ता हाँगाहरु हटाउने, टुप्पो तिर बटारिएका र बढी हाँगाहरु हटाउनु पर्दछ ।
किवी बोट काटछाट
किवीफलको बोटको काँटटाँट हिँउद र बर्षामा गरी दुई पटक गरिन्छ।
हिउदे काटछाट स् किवीफलको पात पौष माघमा झर्छन् साथै बोट सुषुप्त अवस्थामा जान्छ र यस समयमा अनिवार्य रुपमा काँटछाँट गर्न पर्दछ । पौष माघमा एक बर्ष पुराना हाँगाहरुबाट पलाएका पालवाहरुमा मात्र फूल फुल्ने र फल फल्ने गर्दछ। किवीफलको लहराहरु एक बर्षमा ३–४ मिटर सम्म बढ्ने र फल फल्ने कोपिला हाँगाको फेदमा मात्र पलाउने भएकाले माथिका लामो भाग सबै काटेर हटाउनु पर्छ । हिँउदे काँटछाँट गर्दा बर्ष भरी पलाएका हाँगाको ७५ प्रतिशत भाग हटाउनु पर्दछ । फल फलिसकेका काम नलाग्ने बाङ्गा सुकेका रोगकिरा लागेका हाँगा काटेर हटाई नयाँ फल्ने हाँगाको बिकास गराउनु पर्दछ।
बर्षे का“टछा“ट स्
बिरुवाले प्रशस्त मलजल पाए पछि असार साउन सम्ममा बोटको हाँगा तथा मूल काण्डबाट फूल नफुल्ने धेरै हागाबिगाहरु पलाउछन र यस्ता हाँगाबिगाहरु धेरै भएमा बोट अब्यवस्थित झ्याँगमा परिणत हुन्छ ।बर्षा याममा बोटको हाँगा तथा मूल काण्डबाट हलक्क बढेका सप्रियका मोटा र राम्रो देखिने हाँगाहरु पलाउछन् यस्ता हाँगाहरुलाई पानी हाँगा वा चोर हाँगा भनिन्छ । यि सबै हाँगाहरुलाई हटाउनु पर्दछ ।बाङ्गा, सुकेका, रोगकिरा लागेका हाँगा, टुप्पो तिरका हाँगाहरुलाई पनि हटाउनु पर्दछ।
रोग तथा किराहरु
पात बेरुवा भुसिलकिरा पुतलीले पातको माथिल्लो सतहमा फुल पार्छ र लार्भा अवस्थामा कलिला पातहरु, मुना तथा कलिला वा चिचिला अवस्थाको फलको बोक्रालाई पनि क्षति पु¥याउँछ । फलको आकारलाई विक्रित बनाउँछ । यो किरा नियन्त्रणका लागि साईपरमेथ्रीन २ मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने । नियमित बर्षे काँटछाँटबाट पनि केहि प्रकोप कम गर्न सकिन्छ।
कत्ले यो किरा धेरै मसिनो, खरानी देखि खैरो रंगको हुन्छ। यसले डाँठ, पातको मध्य नशामा र फलको रस चुसि नोक्सान पुर्याउछ।यो किरा नियन्त्रणका लागि रोगर बिषादि १–१।५ मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने।
फड्के कीरा यसले मह जस्तो गुलियो पदार्थ निकाल्छ जसले गर्दा सुटी मोल्ड नामक ढुसी पैदा भई पात, डांठ तथा फललाई कालो बनाउछ।यो किरा नियन्त्रणका लागि रोगर बिषादि १–१।५ मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने।
रोगहरु
जरा कुहिने रोग यो रोग ढुसीको आक्रमणले हुन्छ । यो रोगले जरा कुहिन गै विरुवा बढ्न नसक्ने, बढि आक्रमण भएमा विरुवा नै मर्ने सम्भावना हुन्छ।पानि जम्ने अवस्था, ओसिलो जमिनमा यसको प्रकोप ज्यादा हुन्छ ।पानीको निकास नहुने जमिनमा खेती नगर्ने, माटो उठाई खेती गर्ने। बिरुवा रोप्दा, गोडमेल गर्दा, जरा र फेंदमा चोट पटक लाग्न नदिने । फेंदमा घाउ देखिएमा मेन्कोजेवको पेष्ट लगाउने।
बोट्राईटिस स् यो रोग ढुसीको कारणले हुन्छ । खास गरि लहरा बढि भए बोट झांगियो भने वा बाफिलो अवस्था लामो समयसम्म रहयो भने यो रोग लाग्दछ । सुरुमा फलको भेट्नो जोडिएको स्थानमा खरानी रंगको ढुसी देखिन्छ पछि फलमा खरानी खैरो ढुसी फैलिन्छ र आक्रमण बढ्दै गएपछि फल चाउरिन्छ ।बोटको पात तथा मुनामा पनि डढाउने लक्षण देखाउँछ । ओसिलो अवस्था श्रृजना हुन नदिनको लागि हिंउद र बर्षामा गरिने काँटछाँट राम्ररी गर्ने।बगैचा सरसफाईमा बिषेश ध्यान दिने।फल लाग्न थालेपछि र फल टिप्नु भन्दा १ महिना अघि ढुसी नाशक विषादि छर्कनु पर्दछ ।
थोप्ले रोग बर्षा र शरद याममा विभिन्न प्रकारका ढुसीको संक्रमण पातमा थोप्ला देखा पर्दछ र पात झर्ने, फलको गुणस्तरमा प्रभाव पर्ने र उत्पादन घट्ने हुन्छ।यस्तो समस्या देखिएमा ढुसि नाशक विषादि स्प्रे गर्ने।
फल टिपाई तथा भण्डारण
किवीफल बिरुवा सारेको ४ बर्षमा पूर्णरुपमा फल्न थाल्छ । फल काटेर हेर्दा बिँया कालो भएको भए फल टिप्न योग्य भएको मानिन्छ।किवीफल कार्तिक मंसिरमा फल छिप्पिएपछि टिपिन्छ।फल टिप्दा हाँगा नभाचिने गरी हात वा फल टिप्ने कैचीले टिप्नु पर्दछ।छिप्पिएको फल टिपेपछि नपाकुन्जेल भण्डारण गर्नु पर्दछ । औंलाले छाम्दा गिलो भएपछि पाकेको मानिन्छ र बोक्रा हटाएर खानको लागि प्रयोग गरिन्छ । स्याहार संभार राम्रो भएमा प्रति रोपनी ७५० देखि १००० किलोग्रामसम्म उत्पादन लिन सकिन्छ। ड्रागन फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बिरुव सिउँडीको जस्तै हुन्छ । एसियामा सर्वप्रथम भियत्नामले भिञ्याएको ड्रागन फल हाल थाइल्यान्ड, मलेसिया र इन्डोनेशियामा समेत निकै लोकप्रिय भएको छ । केही वर्षयता नेपालमा पनि ड्रागन फलको खेती आकर्षण बढेको छ ।यसको वैज्ञानिक नाम ूहाइलोसेरुस अन्डटुसू हो । यसलाई ूड्रागन फलू नामको अलवा मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदी नामले चिनिन्छ । नेपालमा ड्रागन फल वि।सं। २०५७ सालमा पशु चिकित्सक डा। जगन्नाथ राईले भियत्नामबाछ ल्याएका हुन् र्।
हवापानी
सिउँडी फल उष्ण तथा उपोष्ण हावापानी रुचाउने बाली हो ।यस फलको खेती समद्ध सतल देखि १७०० मिटर उचाईसम्म व्यवसायिक रुपमा गर्ने सकिन्छ । यसको खेतीको लागि २०देखि ३० सेल्सीयस तामक्रम चहिन्छ ।पृर्ण रुपमा सूर्यको प्रकाश लाग्ने स्थान यसको लागि उ पयक्त मानिन्छ ।यदि लामो समयसम्म १५ं सल्ेसीयस भन्दा तलको तापक्रम भएमा जरा ,बोट र फलको बृद्धि राम्ररी हन सक्दैन । ४४ ंसेल्सियस भन्दा माथि तापक्रम भएमा बोटको बेद्धि पर्ण रुपमा रोकिन्छ र बोट मर्दछ ।
माटो
यसको खेतिको लागि निकासयक्त, प्रशस्त मात्रमा प्ररागरिक पदार्थ भएको बलौट दोमट तथा चिम्टाईलो दोमट माटो उपयक्त मनिन्छ ।माटोको पि.एच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ ।पनि जम्ने माटोमा यसको खेती सफल हदैन ।
जातहरु
गुदी रातो हुने जात ः
हाईलोसेरिएस अनडाटस ठुलो फूल भएको, वास्नादार, राति फुल्ने, लहरे प्रजाति । फलको तौल १ के।जी वा सो भन्दा वढि हुने । फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको ।काण्डमा साना मसिनो काँडा हुन्छ । हाईलोसेरिएस पोलिराइजस फलको तौल १ के।जी।सम्म हुन्छ ।वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको ।ःकाण्डमा अलि अलि काँडा हुन्छ ।
पहेलो हुने जात
सेलेनिसेरेस मेगालान्थस फल केहि सानो पहेलो वोक्रा भित्र गुदि सेतो विया मसिनो कालो हुन्छ ।फलको स्वाद रातो प्रजाति केहि वढि गुलियो ।
ज्मिनको तयारी तथा विरुवा रोप्रे तरिका
विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा पं्रागारिक मल मिसाई माटो हल्का तथा वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २।५ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ । यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ८००० विरुवा र २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा जस्तै पोलहरुलाई डोरीले वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १।५ मिटर सम्म हुन्छ । विरुवा अडयाउने पोल पनि त्यसै अनुसारको दिनु पर्दछ । पोललाई ५० से।मि। गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से।मि। फरक पर्ने गरी ४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से।मि। गहिराईमा र कटिड। विरुवा रोप्दा भने पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । विरुवा सारी सकेपछि हल्का सिचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।
विरुवा थाक्रा दिने ः सिँउडी फलको विरुवा अरुको सहयाता लिई बढने भएकोले यसको र्हाँगाहरुलाई साहारा दिन कक्रित, काठको खम्वा जाली ,पर्खालं आदिको आवश्यक पर्दछ । यसका हाँगाहरु २० बर्षसम्म बाँच्ने हँदा र तौल १०० केजिसम्म हने हँदा यसलाई सहायत दिने खम्बा एकदमै बलियो हने जरुरी छ।सस्तो भएतापनि काठको खम्बा प्रयोग गर्न सकिदैन र कंक्रिट खम्बाको प्रयोग गर्न सकिदैन र कंक्रिट खम्बा प्रयोग गर्नपर्छ ।१०० १५० मि.मि मोटाई भएको र२.४ मि उचाई भएका कंक्रिटम खम्बा ४० से.मि जमिनामा गाडि दई मिटर अग्लो खम्बा यसको लागि प्रयोग गर्नपछ । विरुवा २ मि अग्लो भईसेपछि हाँगाहरु ल्त्रिन नदिन वा तलतिर इmाार्नको लागि खम्बाको माथि रबरको टयर राखी हाँगाहरु फैलाउन र तलपटि इाडयाउने व्यवस्था गर्न सकिन्छ ।
विरुवा प्रशारण तरिकाः
यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ । २५—३० से।मि। लामो काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, प्राारिकामलको९१ः१ः१०मिश्रण बनाई कालो पोलि व्याग९९”×१३”० भर्नु पर्छ र विरुवा राप्नु पर्छ । नर्सरीमा विउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।
मल खाद व्यवस्थापन
विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७–१० के।जी। राम्ररी कुहिएको गोवर मल १००–२०० ग्राम वोकासि मल र ३० ग्राम डि।ए।पि, २५ ग्राम म्युरेट अफ पोटास, २५ ग्राम डर्सभान९क्लोरोपाइरीफस०धुलो मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भने विरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि९डिसेम्वर देखि मार्च सम्म० मल दिन बन्द गर्नु पर्छ । वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ । तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ । प्रत्येक वर्ष एक वा दुई वर्षको विरुवाको लागि नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास मल दिनु पर्दछ । त्यसैगरी ३ वर्षे विरुवाको लागि नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००–५०० ग्राम पोटास प्रति वोटमा दिनु पर्दछ । विरुवा ४ वर्षको लागे पछि नाइट्रोजन ८००–१००० ग्राम, फसफोरस ४००–५०० ग्राम र पोटास ५००–८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।
काँटछाट ः
खासगरी विरुवाको सामान्य अवस्था हेरी विरुवामा के कस्तो आकार दिने हो सोही अनुसार उचगलष्लन गर्नु पर्दछ । यसलाई विचमा खुला तथा छाता जस्तो आकार वनाउनु उपयुक्त हुन्छ ।
रोग किरा ः
यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । माटो भित्र बीने किराको लागि क्लोरोपाईरीफोस प्रयोग गर्न सकिन्छ । रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादि कपर, कपर अक्सिक्लोराईड, डाइथेन एम ४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ । फल तयार हुन लागे पछि कम्तिमा १५—२० दिन अगाडीवाट विषादि छर्न वनद गर्नु पर्छ ।
सिंचाई तथा निकास प्रवन्ध ः
यस्को वोटको वृद्धि अनुसार पानीको आवश्यकता वढ्दै जान्छ । फलको विकास भइ रहेको समयमा पानीको अभाव हुनु हुदैन । तर वोटको फेदमा पानी जमेमा जार कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५–७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो । धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो े । सुख्खावाट जति प्रभाव पर्छ पानी जम्नाले त्यतिकै असर पार्दछ । तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्था गर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ । भरखर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ ।