केरा खेती प्रविधि
परिचय
केरा धेरै प्रचलनमा आउने महत्वपूर्ण फलफुल हो । कतिपय अफ्रीकन देशहरुमा यो भातका साटो प्रयोग गरीने बालीमा पर्छ । नेपालमा कैलाली, नवलपरासी, मोरंङ्ग र सुनसरी जिल्लामा यसको व्यवसायिक खेती भएको पाईन्छ । यति हुँदा पनि भारतबाट उल्लेखनीय मात्रामा केराको आयात भएको पाईन्छ । करेसाबारी स्तरमा पहाडी तथा तराईका जिल्लामा यत्रतत्र खेती भएको पाईन्छ । केरा एउटा छिटो बढ्ने र छिटो उत्पदन दिने बहवर्षिय फलफल हो । केराको बोटलाई जरा, गानो , थाम पात र घरिमा बाड्न सकिन्छ। केराका थप्रै जराहरु हुन्छन ।केराको जराहरु कमला हुन्छन । जराले सहयाक जाराहरु निकाल्दैनन तर खानेकरा ताने्र खालका छोटा र मसिन त्यादा जराहरु मात्र निकाल्दछन ।
हावापनि
केरा गर्मी हावापानीमा हुने बाली हो । यद्यपि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको पाईन्छ । कम तापक्रमबाट यसका पातहरुमा नोक्सान पुग्छ । नयाँ पातहरु र फलको वृद्धिलाई तापक्रमले धेरै असर गर्दछ । केरा खेतीका लागि औषत तापक्रम २६।७ डिग्री सेन्टीग्रेड र प्रति महिना १० से।मि। वर्षाको आवश्यकता पर्छ । केराखेति गर्मी तथा अेसिलो हावापनि भएको उष्ण तथा उपोष्ण प्रदेशिय हावापनि फस्टाउदछ ।नेपालको तराई ,भित्री मधेश देखि १२०० मि. सम्मको उचाई रहेको खोँच बेसि क्षेत्रमा व्यासायिक रुपमा केरा खेति गर्न सकिन्छ ।
माटो
केराले पनि पानी जमेको सहन सक्दैन र यसलाई ५–७।५ पि।एच। सम्म भएको माटोमा खेती गर्न सकिन्छ । यस बालीलाई गहिरो दोमट,राम्रोसँग खुकुलो पारीएको माटाको आवश्यकता पर्दछ ।
केराका जातहरु ः
पालमा झापाली मालभोग, विलीयम हाईब्रिड, चिनीया चम्पा, हरिछाल, रोवस्टा र ड्वार्फ क्याविन्डीज जातको खेती गरीदै आएको पाईन्छ । नेपालमा हरीयो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाईने हुँदा पहेंलो केरामा मालभोगकेरा नै कृषकहरुले बढी रुचाएका छन् । कम पानीमा हुने पहाडी स्थानीय केराहरु पनि कृषकहरु माझ लोकप्रिय छन् ।
विरुवा प्रसारण
केराको विरुवा उत्पादन ४ किसिमबाट गरिन्छ ।
१ विउबाट ःसामान्यतया परागसेचन नभइकन केरामा फल लाग्दछ तापनि कनै कनै जंगली केरामा परागरेचनभ हन्छ र फल भित्र वीउ रहेको हन्छ ।
२ कोथाबाट ः बीउ नलाग्ने भएकोले परोनो बोटको जमिन भित्र रहेको गानोबाट आँखाहरुबाट विकास हने कोथाहरुवाट केराको नयाँ बोटहरु उत्पादन गरिन्छ । छिटो बदने ,निरोगी र छिटो फल दिने भएकोले चच्चेपाते कोथा विरुवा उत्पादनको लगि उपयक्त मानिन्छ ।
३ गानोबाट ः आन्ध्र माहासागरीय देशहरुमा यस प्रकारबाट विरुवा उत्पादन गरी प्रयोग गर्न गरिन्छ । यस तरिकबाट विरुवा उत्पदन गर्दा गानालाई हरेक टक्राहरुवाट विरुवा उत्पादन गरिन्छ । प्रति गानोबाट सरदर ४ देखि ६ वटा सम्म विरुवा उत्पादन हन्छ ।
४ तन्त प्रजनन प्रविधि बाट ः केराको विरुवा प्रसारण यो एक नयाँ प्रविधि हो । यस प्रविधिमा स्वस्थ केराको गानोको तन्तबाट प्रयोगशलामा केराको विरुवा उत्पादन गरिन्छ ।नेपालमा पनि यो प्रविधि अपनाई केराको विरुवा प्रसारण गरी केरा लगाउने कार्यको शरुवात भई राम्रो नतिजा समेत प्राप्त हने भएकोले विरुवा ओसार पसार गर्दा रोग र कीराहरु अन्यत्र सर्दैनन्। प्रयोगशालबाट तन्त प्रजनन् प्रविधिबाट अर्को नर्सरीमा ३ महिना जति जर्खयाउन पर्दछ । ३ ४ पात भएको करीव ५ ६ इन्च अग्ला यी बेर्ना खेतबारीमा सार्न उपयक्त हन्छन ।
ज्मिनको तयारी
केरा खेति प्राय सबै किसिमको माटोमा हने भए पनि पानी नजम्ने ,प्रशस्त प्रांगरिका पर्दाथ भएको पी. एच ७.५ भएको दोमट माटो राम्रो हन्छ । केरा लगाउन को लागि इारपात र अन्य बालीको बोट हटाई गहिरो संग खनजोत गरी जमिनको तयारी गर्न पछ ।छनौट गरिएको जग्गालाई २, ३ पटक राम्ररी खनजोत गरी डल्ला फटाई इारपात हटाइ सम्याउन पर्दछ ।पश र जंगली जनवारवाट वचनउन बारवन्देजको तयारी जग्गा तयारी बेलमानै गर्न पर्दछ।
रोप्रे समय ः
जाडो महिनामा बाहेक जनसकै महिनमा केरा रोप्रे सकिन्छ तापनि रोप्रे समयमा तापक्रम १५० से. भन्दा माथि हन हदैन ।मनसन शरु हन भन्दा अगाडी केरा रोप्रे राम्रो समय मनिन्छ ।फागन देखि असाढ सम्म रोपेको केराको सम्म रोपेको केराले पाक्ने समयमा जाडो महिना छल्दछ ।
रोप्रे दरी ः
ीवरुवा रोप्रै दरी केराको जात र लगाउने माथि भर पर्दछ । होचो जातका केराहरुको लागि १.५ २ मिटर को फरकमा रोप्रे पछ । अग्ला जातका केरालाई २ ३ वा ३ ,३ मि.को फरकमा रोप्र सकिन्छ ।
मलखादको प्रयोग
रोबस्टा जातको केराका लागि प्रतिबोट युरीया ३४१।२१ ग्राम, डि।ए।पी। २३९।१३ ग्राम र पोटास ४१६।६७ ग्राम आवश्यकता पर्दछ । युरीया र पोटासलाई रोपेको ३०, ७५, १२० र १६५ दिनमा ४ भागमा विभाजन गरी प्रयोग गरिन्छ । डि।ए।पी।भने सुरुमा नै सबै मात्राको प्रयोग गरीन्छ । पुराना केराहरुको बगैचाको लागि केवल १०० ग्राम युरीया, ५० ग्राम डि।ए।पी। र २०० ग्राम पोटास मलको आवश्यकता पर्छ । यसको साथसाथै प्रति विरुवा १० ग्राम म्याग्नेसियम सल्फेट र नगन्य मात्रामा सूक्ष्म तत्वहरुको मिश्रण राख्दा राम्रो हुन्छ । मलहरु केरा पसाउनु अघि दिनु पर्दछ । साधारणतया केरा रोपको ६ महिना पछि तराईमा केरा पसाउँछ ।
रोग र कीराहरु नियन्त्रण
यो रोग कम लाग्ने जातहरुमा रोवस्टा र ड्वार्फ क्याविन्डीज हो र यसको अतिरिक्त जमिनमा पानी जमाउने र बाली चक्र अपनाउने गर्नुपर्छ । २ प्रतिशत्को कार्वेन्डाजिम ३ एम।एल।प्रति केराको बोटमा राख्दा यस रोगको प्रकोपलाई घटाउन सकिन्छ ।
ख० पातमा थप्ला आउने रोग
यो रोग कम लाग्नका लागि अन्तर बिरुवा बिचको खाली ठाउँ बढी हुनु आवश्यक हुन्छ । अथवा ०।१ प्रतिशतको क्याक्जिन र स्टिकर समेत प्रयोग गर्दा प्रभावकारी नियन्त्रण हुन्छ ।
ग० बन्चिटप
यो भाईरसबाट लाग्ने रोग भएका कारण शंकास्पद रोगी विरुवाहरुलाई जरैदेखी निकालेर आगोमा जलाईदिने ताकी अन्यत्र फैलन नपावस् । बिरुवा छान्दा निरोगी बिरुवा छान्नु पर्छ । रोपेको ७५–१६५ दिनमा कार्वोफ्यूरान प्रयोग गरिन्छ ।
कीराहरु
क० गवारो स् केराको गवारो स्वस्थ निरोगी सकरहरुको छनौट गरी रोपण गर्ने, त्यति गर्दा पनि नभएको अवस्थामा १०–१५ ग्राम प्रतिवोट कार्वोफ्यूराडान गेडा प्रयोग गर्न सकिन्छ ।
ख० थ्रिप्स स् केरा बालीमा लाग्ने थ्रिप्स किरा नियन्त्रण गर्नका लागि मालाथायन झोल २ एम।एल। प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।
ग० निमाटोड स् ५५ डिग्री से। तातो पानीमा १० मिनेटसम्म केराका सकरहरुलाई डुबाएर निमाटोडको नियन्त्रण गर्न सकिन्छ । साथै २ के।जी। कार्वोफ्यूराडान सक्रिय तत्वको प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ ।
केराको घारी काट्ने
जब केराका काँगियोहरु बाङ्गीन थाल्छन् र गुदि पुरा भरिन्छन् तब केराको घरी काट्न सकिन्छ । केरापकाउन सकिने फल भएकोले बजार मूल्य बुझेर ढिलो वा चाँडो बाली लिन सकिन्छ । सामान्यतया केरा ९ देखि १२ महिनासम्ममा फल लाग्नेगर्दछ । त्यसको २÷३ महिनापछि मात्र फल काट्ने लायकको हुन्छ । त्यस अवधिभरि सिंचाई, गोडमेल र कीरा नियन्त्रणमा ध्यान दिइरहनुपर्दछ । केरा पूरै छिप्पिएको छ छैन भनि जान्नको लागि कोसाको टुप्पो मा काला–काला फूलहरु सुकेको देखिने गर्दछन् तिनीलाई हातले छुदा झर्ने गरेमा केरा छिप्पिएको छ भनी जान्नुपर्दछ । केराको बोट काट्दा एक मिटर जमिन माथि बाट बोटको घार काट्नु पर्दछ, जमिन सतहबाट काट्नु राम्रो हु‘दैन, किन भने त्यसमा रहेको पोषक तत्व बॉकी रहेमा बोटहरुलाई काम लाग्ने हुन्छ, त्यसैले एक मिटर माथिबाटै काट्नु रामो हुन्छ । एकपटक लगाएको केराको बोट कति वर्षसम्म रहन दिदा राम्रो फाइदा लिन सकिन्छ भन्नेमा त्यस ठाउ‘को माटो, हावापानी र गोडमेल आदिमा भरपर्दछ, तैपनि भन्नुपर्दा बसराई, हरिछाल र रोवस्टा जातलाई तीन बालीसम्म एउटै ठाउ‘बाट लिन सकिन्छ, त्यसपछि नयॉ ठाउ‘मा पुनः बेर्ना रोप्नु राम्रो हुनछ ।
उत्पादन
केराको उत्पादन माटो, हावापनि,जात र स्याहार संम्भारमा भर पर्दछ । बढी भिन्रता जातहरुको गर्दा हन्छ ।किनभने होचा जातका केराहरु राबोस्टा, बसराई डवार्फ आदिको प्रति हेक्टर उत्पादन २५ देखि ३० टन छ भने अग्ला जात चिनियाँ चप्पा, ग्रस मिचेल जस्ता जातहरुको उत्पदन १८ देखि २० टन प्रति हेक्टर रहेको छ। साधारण जातहरुको उत्पादन ४० टन रहेक्टर भएको पाईन्छ । एक विगाहामा ९१६०० विरुवा० लगाएको केरा वालीवाट रु।५(८ लाख आर्जन गर्न सकिन्छ ।