आँप खेति प्रविधि
परिचय
आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ ।आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ ।आँप म्याङ्गिफेरा वर्गमा पर्ने तथा उष्ण हावापानी भएको स्थानमा हुर्कने एक प्रकारको गुलियो तथा अमिलो फल हो। यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी, सघन तथा विशाल हुन्छ। फलको राजा दक्षिणको तराई देखि पहाड ९३,००० फुटको ऊँचाई सम्म० हुन्छ। अनुकूल जलवायु पाउँदा यसको रूख करिब ५०९६० फुटसम्म अग्लो हुन्छ। वैज्ञानिक वर्गीकरण वनस्पति जगतको ऐनाकार्डियेसी वर्गमा पर्ने आँपका केही रूखहरू धेरै नै अग्ला हुन्छन्।
हवापानि
आँप उष्ण प्रदेशीय फल भए तापनि समशीतोष्ण आवहावामा समेत खेति गरको पाईन्छ । हन त नेपाृब्ज्ञे लमा १००० मिटर भन्दा उचाईसम्म विज आँपहरु पाईन्छ तर पनि ५०० मिटरभन्दा माथि व्यवसायिक रुपमा राम्रो उत्पदन लिन सकिँदन । आँप गरम र सख्खा हावा र बढी प्रकाश कम पर्ने र बढी ठण्डा ठाँउमा लगाइएमा फल्ने स्तवभावमा परिर्वतन हन जान्छ । आँपको वृद्धि र विकासको लागि २४ देखि २७ डिग्री
सेन्टीग्रेट तापक्रम उपयुक्त मानिन्छ । तापनि न्यूनतम १० डिग्री सेन्टीग्रेट देखि
अधिकतम ४२ डिग्री सेन्टीग्रेटसम्म यसको खेती सफल भएको पाईन्छ । औसत
वार्षिक वर्षा १५००–१८०० मि।मि। हुने क्षेत्रहरुमा आँपको राम्ररी सप्रिन्छ ।
माटो
आँप प्राय ः दोमट बलौटेदेखि लिएर चिम्ताइलो माटोमा राम्रोसँग हन सक्दछ ।कालो कपासे माटो भने आँपको लागि राम्रो मानिदैन । साधारणतया माटोको पि.एच ५.५ देखि ७.५ हन जरुरी छ । क्षारीय र लवणयक्त माटोमा आँप राम्रोसँग फस्टाउन सक्दैन । आँपका जरा जमिनामा तलसम्म जाने हँदा गहिरो र पानी नजम्ने जमिन हन अति नै जरुरी छ । भमिगत पानीको सतह जनसकै अवस्थमा पनि १८० से. मि भन्दा तल हन आवश्यक छ ।
जातहरु
अगौटे जातहरु ः बम्बई ग्रिन, गलाबखास ।
मध्यम जातहरु ः दशहरी , मालदह, लङ्खगा्र जर्दा, अल्फान्सो ।
पछौटे जातहरु ः चौसा , कलकत्तीया , निलम ,फजाली
हाइब्रडि जातहरु ः अम्रपाली ,मल्लिका , रत्ना आदि ।
विरुवा प्रसारण
आँपको विरुवा लैिङ्गक –बीउ) र वानस्पतिक प्रजनन दबै विधिबाट प्रसारण गर्न सकिन्छ ।
विउ बाट
विरुवा प्रशारणको लागि सबैभन्दा परानो ,सस्तो र सजिलो तरिका हो । बीउबाट तयार गरिएको –बीज ) विरुवा धेरै अबधिसम्म बाँच्छ र बढी फल्दछ तर कलमी बोटभन्दा धेरै अवधिसम्म बाँच्छ र बदी फल्दछ तर कलमी बोटभन्दा धेरै ढिलो फल्दछ ।
वानस्पतिक प्रजनन् विधि
ईनार्चिङ्ख वा एप्रोच ग्रापिटङ्ग सबैभन्दा बढी प्रचलनमा रहेको तरिका हो । यस तरिकामा रुटरुटकलाई माउ बोटको हाँगासँग कलमी गरिन्छ । माउ बोटको हाँगा माउ बोटबाट अलग गरिएको हँदेन ।
२ आँपको प्रसारण अन्य थप्रै तरिकाबाट गर्न सकिन्छ जस्तै ः टङ्ग ग्रापिटङ्ग साइड ग्रापिटङ्ग र विभिन्र प्रकारका बडिङ्ग आदि ।
ज्मिनको तयारि
खाडल खन्ने र पुन
१ जग्गालाई राम्ररी जोतेर सम्याईन्छ
२ रोप्नुभन्दा कम्तिमा २ महिना अगाडि ९०।७५–१ मी। गहिराईको० खाडल खनिन्छ ।
३ खाडललाई १ महिना वा बढी अबधि सम्म खुला छोडिन्छ, यसरी खुला छोड्नाले भित्रीभाग राम्ररी तात्छ र रोग कीराको प्रकोप कम हुन्छ।
४ बर्षा हुनु अगावै खाडललाई कम्पोष्ट ९प्रति खाडल ३०–४० के।जी। कुहिएको गोबर ५ मल, २ के। जी। हाडको धुलो र ५ के। जी। खरानी० र माटोको मिश्रणले पुरिन्छ र सुरुको बर्षाबाट खाँदिन छोडिन्छ ।
लगाउने समय
नेपाल अधिराज्य भरी सबैभन्दा उत्तम रोप्ने समय बर्षा याम ९जेष्ठ–श्राबण० हो ।बढी पानी पर्ने क्षेत्रहरु झापा, मोरङ र चितवनमा बर्षाको अन्त्यतिर रोप्नु पर्छ । कम पानी पर्ने क्षेत्रहरुमा मनसुनको प्रारम्भमा रोप्नुपर्छ ।सबैभन्दा राम्रो रोप्ने समय बेलुकीपख हो । दिउंसो रोप्दा पातहरुले बढी पानी उत्स्वेदन क्रियामा खर्च गर्ने हुँदा बोट ओइलाउंछ
लगाउने दूरी
बोट ठूलो हुने ठाँउमा बोटको दूरी १२–१४ मी।
सुख्खा क्षेत्रमा जहाँ बोटको बृद्धि राम्रो हुन्न, बोटको दूरी ८–१० मी।राखिन्छ ।
पहाडको भिरालो जग्गामा त्रिभुजाकार तरिका बाट बोट देखि बोटको दूरी ९ मी।र लाईन देखि लाईनको दूरी ११ मी। राखिन्छ ।
अम्रपाली आँपको लागि ५–६ मी।को फरकमा रोपिन्छ । उच्च घनत्वमा विरुवा रोपन गर्दा दुरीलाई अझै कम गर्न सकिन्छ ।
मलखाद
मलखादको मात्रा विरुवाको उमेर, साइज र माटोको उर्वराशक्तिमा निर्भर गर्दछ । वयस्क बोटको लागि साधारणतया १००० ग्राम नाईट्रोजन, ७५० ग्राम फस्फोरस र १००० ग्राम पोटास प्रति विरुवा प्रतिवर्ष हाल्नुपर्दछ र नफल्ने विरुवाको हकमा उपयुक्त मात्राको आधामात्र मल राख्नुपर्दछ । कम्पोष्ट मलको हकमा फल्ने बोटमा प्रतिबोट प्रतिवर्ष ५० देखि ६० के।जी।९२ डोको० र नफल्ने बोटमा २५–३० के।जी। ९एक डोको० हाल्नुपर्दछ । एकै पटक मल हाल्दा फूल फूल्नु भन्दा अगाडि पौष महिनामा राख्नु पर्दछ । यदि पटक पटक गरी मल हाल्ने हो भने नाईट्रोजन मललाई दुई भाग गरी पहिलो आधा पौष महिनामा र अर्को बाँकी आधा भाग वर्षाको अन्त्य भएपछि हाल्नुपर्दछ । मलखाद हाल्दा औंठी तरिका वा थाली तरिकाले राख्नु पर्दछ । रासायनिक मल हाल्दा मलले विरुवालाई छुनु हुदैन । मलखाद हालीसकेपछि हल्का सिचाई गर्नु पछ ।
काटछाट
नेपालमा खेती गरिने सबैजसो आँपका जातहरु ठाडो गरि बढ्ने प्रकृतिका छन् । यिनीहरुले समरुप हांगा प्रणाली बनाउने हुंदा कांटछांटको आवश्यकता त्यति पर्दैन । तर पनि समय समयमा सुकेको र रोगी हाँगाहरुलाई काटेर हटाई दिनुपर्छ । बयस्क बोटको केन्द्रीय भागलाई वारपार गर्ने क्रस गर्ने० हाँगाहरुलाई पनि काटेर हटाई दिनुपर्छ । युवा बिरुवाको कलमी गरेको भागभन्दा तल रुटस्टकबाट निस्केका पालुवाहरु काटेर हटाई दिनुपर्छ । पहिलो ३ बर्ष भित्र फुल्ने सबै फूलहरुलाई हटाई दिनुपर्छ । किनभने यिनीहरुले बोटको बृद्धिमा असर पार्दछ ।
गोडमेल र अन्तरबाली
बगैचालाई सफा राख्न समय–समयमा झारपात निकाल्ने र बोटको वरिपरि हल्का तवरले खन्ने काम गर्नु पर्दछ । युवा बगैचाको खाली ठाउंमा ४–५ बर्षसम्म छोटो अवधिका होंचा बालीहरु अन्तरवालीको रुपमा लगाएर खाली जग्गाको सदुपयोग गर्न सकिन्छ ।अन्तरवालीको रुपमा खुर्सानी, गोलभेडा, केराउ, सिमी, काउली, बन्दा, अदुवा, बेसार आदिको खेती गर्न सकिन्छ ।
पूmल फुल्ने र फल लाग्ने
विरुवा रोपेको ४–५ बर्ष देखि कलमी बोटहरुमा फल फल्न शुरु हुन्छ । फूल फुल्ने समयलाई स्थानीय हावापानीको स्थितिले असर पार्दछ । तराई र भित्री मधेशमा आँपका बोटहरु फागुन–चैत्र मा फुल्दछन् । फूल फुल्ने प्रक्रिया ६–८ हप्ता सम्म जारी रहन्छ । आँपको फूलहरु मुख्यतया टुप्पाका हाँगाहरुमा लाग्दछन् टुप्पाको कोपिलाहरुको अभाबमा अक्जुलियरी कोपिलाहरुमा पनि फल लाग्दछ । सुख्खा हावापानीले पूल फुल्ने सहायक प्रक्रियालाई उत्तेजित गर्छ र बादलयुक्त हावापानी र जाडोको बर्षाले ढिलो गर्छ । माघदेखि चैत्रसम्म निस्केका ८–१० महिनाका परिपक्व हाँगाहरुमा फूल फुल्छ त्यसपछि मनसुन र असोजपछि निस्केका हाँगाहरु पुष–माघमा बिरलै फुल्ने गर्छ ।र्द्दघै नेपालमा आँपको फूल फुल्ने समय पुस १५ – माघ १५ महिना हो ।तराई र भित्री मधेशमा वर्षभरीमा आँपमा ३ पटक नयाँ पालुवाहरु पलाउने गर्दछ । पहिलो पालुवा फागुन–चैत्र सम्म, दोश्रो बैशाख–जेष्ठ ९ब्उचष्९िःबथ० सम्म र तेश्रो श्राबण–भाद्र मा आउने पलाउने गर्दछ । वानस्पतिक वृद्धिको परिपक्वता र उमेरले आँपको फुल्ने क्रियालाई नियन्त्रित गर्छ । वसन्त ऋतु ९माघ–फाल्गुण० र ग्रीष्म ऋतुको प्रारम्भमा फाल्गुण–चैत्र० निस्केका ८–१० महिनाका परिपक्व हाँगाहरुमा साधारणतया फूल फुल्दछ ।
आँपका प्रमुख रोगहरु
१ कोत्रे रोग
२ खराने ÷सेतो धूले ढुसी
३ आपको बिकृति रोग
४ कालो टुप्प
५कालो पत्रे÷ ध्वासे रोग
६कालो पत्रे÷ ध्वासे रोग