बंगुर पालन गर्न तरिका

परिचय

छोटो अबधी सानो लगानीमा धेरै मासु उत्पादन हुने ब्यवसाय मध्य बंगुर पालन एक हो। बिकासित युरोपेली देशहरु बंगुर पालन आन्तरिक उपयोगको लागि मात्र नभई मासु निर्यात गरेर आफ्नो देश को आर्थिक स्थिती अझ सुध्रिड पार्न लागि परेका छन। बंगुर पालनका अप्रतक्ष्य एवम प्रतक्ष्य धेरै फाईदाहरु छन। यो थोरै पूंजीबाट छिट्टै प्रतिफल लिना सकिने ब्यवसाय हो। बंगुर एक बर्षमा बेत ब्याउने गर्दछ एकबेतमा १२ पठापाठी हुर्काउन सक्दछ। बंगुरले खाएको औसत द्द।छ( केजी आहाराले केजी मासु उपलब्ध गराउदछ। ७५ देखी ८० केजी प्रतिसत खान योग्य मासु बंगुर काट्दा उपलब्ध हुन्छ जुन अरु पशु को भन्दा धेरै हो।बंगुर जात जती राम्रो त्यती राम्रो उत्पादन हुन्छ।

 

जातहरु

स्थानीय जातहरू

 

जङ्गली बँदेल ःयो जातका बङ्गुरहरू प्राय खैरो कालो रङ्गका हुन्छन्। यसको शारीरिक बाक्ला रौँले शरीर ढाकिएको हुन्छ यसले गर्भधारण गरेको ११५ दिनपछि ब्याउँछ देखि वटा पाठा पाठी जन्माउँछ।

 

च्वाँचेः यो मध्य पहाडमा पाइने जात हो पहाडका लागि उत्तम मानिन्छ। यो कालो रङ्गको हुन्छ। यसले एक पटकमा सरदर गोटा पाठा पाठी जन्माउँछ। त्यसमध्ये करिब वटालाई हुर्कन्छन्। यसले गर्भधारण गरेको २२२ दिन पछि मात्र पाठा पाठी जन्माउँछ।

 

हुर्रा ःयो जात खास गरी तराईमा पाइन्छ तराईको लागि उत्तम मानिन्छ। यो जात हेर्दा खैरो कालो हुन्छ यसको गर्धन ढाडको रौँ ठाडो भएको हुन्छ। यसका खुट्टाहरू लामा हुन्छन्। त्यसैले यो अग्लो देखिन्छ।

 

बामपुड्केः यो सबैभन्दा सानो जातको बङ्गुर हो। यसले एक पटकमा सरदर ४।७ वटा पाठा पाठी जन्माइ ३।४ वटालाई मात्र हुर्काउन सक्छ। यो बङ्गुर प्रजनन गुणस्तरीय मासुमा अब्बल भएतापनि कम तौल हुने भएकाले व्यावसायिक पालन त्यति गरिँदैन।

 

पाख्रिबास बङ्गुरः यो पाख्रिबास कृषि केन्द्रले विकास गरेको बङ्गुर हो। यसमा स्थानीय बङ्गुर भन्दा छिटो बढ्ने, बढी पाठा पाठी हुर्काउन सक्ने अन्य उन्नत बङ्गुरको तुलनामा कम रोग लाग्ने स्थानीय व्यवस्थापनमा पनि राम्रो उत्पादन दिन सक्ने विशेषताहरू हुन्छन्।

 

धराने कालो बङ्गुर ःयो नेपालको पूर्वी तराई पहाडी क्षेत्रमा पाइन्छ। यो जातमा पनि विभिन्न रोग परजीवीसँग लड्ने क्षमता बढी हुन्छ। साथै गाउँघरमा पाइने सामान्य कृषिजन्य आहारका भरमा पनि यसलाई सजिलै पाल्न सकिन्छ।

 

आयातित जातहरू

 

विदेशी जातहरू पालेर पनि व्यावसायिक रूपमा धेरै आय आर्जन गर्न सकिन्छ। योर्कशायर, ल्याण्डरेश, ह्याम्पशायर, ड्युरोक, तिब्बती, ट्यामवर्थ मिशान तथा तिनका वर्णशंकरहरु विदेशी जातका बङ्गुरहरूको केही उदाहरण हुन्।

 

यसबाट एक किलो मासु उत्पादन गर्नका लागि कम्तीमा किलो दाना खुवाउनुपर्ने हुन्छ। स्थानीय जातका बंगुरहरुकोे तुलनामा यिनीहरूलाई रोग कम मात्रामा लाग्छ परजीवीसँग लड्ने क्षमता पनि यिनीहरूमा बढी हुन्छ। यी जातका बङ्गुरहरू तातो हावापानी तथा कच्चा गुणस्तरका दाना वा आहारा भने सहन सक्दैनन्।

 

आहार व्यवस्थापन कसरी गर्ने

 

बङ्गुर वनस्पति मासु दुवै खाने जनावर हो। त्यस कारण बङ्गुरको आहारा बनाउँदा पाचन प्रणालीको राम्रो जानकारी हुनु आवश्यक छ। बङ्गुरको दाना राम्रो सँग पिसिएको सजिलैसँग पचाउन सक्ने हुनु पर्दछ। सामान्य रूपमा बङ्गुरले आफ्नो तौलको १० प्रतिशत बढी पानी पिउँछ। सुत्केरी अवस्थाको बङ्गुरलाई अरूलाई भन्दा बढी पानी चाहिन्छ। बङ्गुरको शारीरिक अवस्था अनुसार फरक फरक मात्रामा आहारा दिनुपर्ने हुन्छ। पाठापाठीलाई दूध छुट्ट्याएको दिनदेखि ७५ दिनसम्म खुवाउने रासनलाई स्टाटर रासन भनिन्छ। यसै गरी ग्रोअर रासन, फिनिसर रासन, गर्भिणी रासन, ब्याउने समयको रासन, लैनो अवस्थाको रासन ब्याडे बङ्गुरको रासन फरक फरक हुन्छ।

 

 

 

खोर कसरी बनाउने

 

बङ्गुर पालन गर्ने हो भने खोरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। सामान्यतया बाँस, सिमेन्टका ब्लकहरू, काठ टिनका छानाहरूले छाएर खोर बनाउन सकिन्छ। पाठाहरु, ब्याउने बङ्गुर, वीरहरूलाई छुट्टाछुट्टै खोरमा राख्न्नुपर्ने हुन्छ। बिरामी बङ्गुर अरू बङ्गुरहरूलाई पनि छुट्टाछुट्टै खोरमा राख्नुपर्छ। खोर बनाउँदा खोरको उचाइ लगभग मिटर अग्लो हुनुपर्छ। त्यस्तै पिसाब खोरबाट जमिन तीर सजिलैसँग जाने गरी टाँडहरु बनाउनुपर्छ। ब्याउने बङ्गुर राखिएको खोरमा तापक्रम २५ देखि २७ डिग्री सम्म राख्नुपर्ने हुन्छ। बङ्गुरले आहारा खायो कि खाएन भनेर समयसमयमा जाँच गरिराख्नु पर्ने हुन्छ। खोरलाई समयसमयमा सफा गरिराख्नुपर्छ।

 

बङ्गुरले वीर खोजेको १८ घण्टा भित्र वीर लगाउनु पर्छ। पहिलो पटक वीर लगाएको १२ घण्टा पछि नै अर्को पटक फेरी वीर लगाउने हो भने धेरै पाठा पाठी जन्मन सक्ने सम्भावना हुन्छ। पाठा जन्मिएपछि माउको थुन सफा गरी पाठाहरूलाई तुरुन्तै चुस्न दिनुपर्छ। भर्खर जन्मिएका बङ्गुरका पाठापाठीहरुमा फलामको मात्रा निकै कम हुन्छ। शरीरमा फलामको मात्रा बढाउनका लागि रक्त अल्पता हुनबाट बचाउनका लागि हप्ता सम्म जङगलको सफा कालो रातो माटोको पेस्ट बनाएर माउको स्तन वरिपरि लगाइदिनु पर्छ। पाठा पाठी जन्मेको दिन पुच्छर आधा हुने गरी काटिदिनुपर्छ। पाठाहरू एकअर्कासँग जुधेर घाउ पार्ने, माउको थुन टोकिदिने जस्ता समस्या आउने भएका कारण यसका अगाडिका वटा दाँत पनि जन्मिएपछि निकाल्नुपर्छ।

बंगुर प्रजनन्व्यवस्थापन

बंगुरलाई व्यावसायिक बनाउन प्रजनन्व्यवस्थापनलेमुख्य भूमिका खेल्छ । हाड नातामा प्रजनन्गराउँदा तौल कम हुने, रोगी भई घाटा हुन सक्छ ।

बंगुर नश्ल सुधार

माउको छनौट

हाडनाता नपर्ने, लामो शरीर भएका, धेरै पाठापाठी जन्माउने, कुनै पनि रोग नलागेका पोथी बंगुरलाई माउको रूपमा छनौट गर्नुपर्दछ ।

गिल्टको छनौट

बाली खोज्ने समय भएको तर एकपटक पनि नब्याएको पोथी बंगुर गिल्ट हो । यस्ता गिल्टललाई रोगी तथा बुढी माउहरूको ठाउँमा प्रतिस्थापन गर्नुपर्छ ।

छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू

१ सुरुदेखि नै पाठीको विशेषता पहिचान गरिरहनुपर्छ ।

२पालनपोषण गर्दा कुनै शारिरीक खराबी देखिएमा त्यस्ता गिल्टलाई बथानबाटहटाउँदै जानुपर्छ ।

३ गिल्टको कम्तीमा १२ वटा राम्रो थुन हुनुपर्छ । सुपरन्युमरेरी थुन, उल्टो थुन वा थुनको फेदमा बोसो भएमा त्यस्ता पाठीलाई छनौट गर्नुहुँदैन ।

४ ९१० पाठापाठी प्रतिवेत दिने माउबाट गिल्ट छनौट गर्नुपर्छ ।

५ बाहिरबाट देखिन प्रजनन्अंगहरू राम्रोसँग विकास भएको हुनुपर्छ ।

६ छोटो कदको, थुतुनो र बंगारा सानो भएको अगाडिको खुट्टाको पाता र छाती सानो भएका, खुट्टाहरू साना भएका गिल्ट छनौट गर्नुहुँदैन ।

७ गिल्टले सात महिनामा भाले खोजे पनि ८९ महिनाको उमेरमा मात्र भालेसँग मिसाउनुपर्छ ।

प्रजनन् भाले छनौट

धेरै पाठापाठी जन्माई राम्रोसँग हुर्काउन सक्नेआमाबाट जन्मेको पाठालाई भाले छनौट गर्नुपर्छ । बलियो खुट्टा भएका भालेलाई पहिलोपटक ८ महिनामा प्रजनन्को लागि प्रयोग गर्नुपर्छ । हाड नाता हुन नदिन भालेलाई प्रतिस्थापन गर्नुपर्छ । प्रजनन्को लागि प्रयोग गरिने भाले ३०३६ महिनाको उमेरसम्म प्रयोग गर्न सकिन्छ

। तर, १०१२ महिनादेखि नै प्रजनन्(हप्ताकोएकपटक) गराउन सकिन्छ ।

वर्ण संकर गराउनुका फाइदा

फरकफरक जातका वंगुरबीच प्रजनन गराउँदा फाइदा हुन्छ । वर्णसंकर गराउँदा प्रतिवेतमा सरदर १२ पाठापाठी जन्मिन्छन्। यसरी जन्मेका पाठापाठी बलियो, स्वस्थ, रोग कम लाग्ने र तौल छिटो बढ्ने हुन्छन्। जस्तै ः पोथी ह्यापसायर र भालेल्याण्डरेस वर्णसंकर ः ह्याम्सायर र ल्याण्डरेस

 

रागहरु

एनिमिया  

लक्ष्ण ःआइरनको कमीबाट हुने रोग पाठापाठीलाई आइरनकोकमीले हुने लग्छ

उपचारः पाठापाठीलाई दिनपछि एमएल १० दिनपछि एमएल आइरन दिने

लुतो 

लक्षण ःशरीर चिलाउने कान, गर्दन ढाडमा बढी असर गर्ने शरीरमा राता टाटा देखिने पाठापाठीमा रक्त अल्पता हुने

उपचारः गोल्डन लोसन, हिमक्स एक्टोमिन एमएल लि. पानीमा मिलाई सफा गरिदिने बीरलाई दिनको पटकसम्मसफा गरिदिने नरिवलको तेलले सफा गरिदिने

 

भ्यागुते रोग

लक्षण ःजीवाणुबाट लाग्ने जिब्रोसुनिने, खाना नखाने १०४१०६ डिग्री फरेनहाइटसम्म जरो आउने समयमा उपचार नभए सम्पूर्ण जनावरमा सर्ने मृत्युसम्म गराउन सक्ने

उपचार ःवर्ष सुरु हुनुभन्दा अगाडि छालामुनि एच.एस भ्याक्सिन एमएल दिने रोग लागेमा जीवाणु रोक्न एन्टिवायोटिकप्रयोग गर्ने

 

स्वाइन फिवर

लक्षण विषाणुबाट लाग्ने खतरनाक रोग झोक्राउने, दिसा गोटा पर्ने, रगतमासी देखिने उल्टी गर्ने, १०४ देखि १०६ डिग्री फरेनहाइटसम्म जरो आउने

उपचार ःपाठापाठीलाई महिनाको उमेरमा स्वार्दन फिवर भ्याक्सिन दिने माउलार्य वर्षैपिछे दिने

 

खोरेत

 लक्षण ःरोग पाठापाठीलाई असर गर्ने विषाणुबाट लाग्ने मुख जिब्रोमा खटिरा आउने, ¥याल काढ्ने

 उपचार फिटकिरीले सफा गर्ने एन्टिबायोटिक प्रयोग गर्ने परजीविहरू गोलो, फिक्ते, उपियाँ आदि बंगुरमा देखिन्छपरजिवीविरुद्ध औषधी दिन