परिचय

स्वादको हिसावले अति मिठो मानिने रेन्वो ट्राउट माछा स्वच्छ, सफा र चिसो पानीमा पालिने मांसाहारी जातको माछा हो । यो माछालाई बढी घनत्वमा बगी रहेको पानीमा पाल्न सकिन्छ । यसको उद्गम उत्तरी अमेरिका मानिन्छ । सन् १८७७ मा अमेरिकाबाट जापानमा आयात गरी पालन गरिएको यो माछा बिस्तारै एशियाका अन्य देशहरूमा विस्तार भएको पाइन्छ । वर्तमान अवस्थामा अमेरिका, जापान, इरान जस्ता देशमा यसको उत्पादन अत्यधिक हुने गर्दछ । नेपालमा सर्वप्रथम रेन्वो ट्राउटका भुराहरू सन् १९६८ मा भारत र ब्राउन ट्राउटका भुराहरू सन् १९७१ मा बेलायतबाट आयात गरिएको थियो।

सन् १९८८ तिर नेपाल सरकार र जाइका नेपालको संयुक्त पहलमा जापानको मियाजाकी प्रान्तवाट रेन्वो ट्राउटका ५०,००० भ्रुण फुल आयात गरी गोदावरीमा हुर्काइएको र सो बाट ८० प्रतिशत ह्याचलिङ उत्पादन भएको विगतका तथ्यांकहरूले देखाउछ । उत्पादित हयाचलिङलाई गोदावरी तथा त्रिशुली मत्स्य अनुसन्धान केन्द्रहरूमा पटक पटक गरिएका अनुसन्धान तथा परिक्षण कार्यक्रमहरूबाट रेन्बो ट्राउट (Oncorhynchus mykiss_) माछाको प्रविधि नेपालमा विकसित भएको र सोही प्रजातिका माछाहरूबाट हालसम्मको कार्यक्रमले निरन्तरता पाएको देखिन्छ । यो माछा चिसो र सफा पानीमा हुर्कने भएकोले ज्यादै स्वादिलो हुन्छ । पौष्टिकताको दृष्टिकोणले पनि विशेष महत्व राख्दछ । यो माछाको मासुमा ससाना कांडाहरू नहनु यसको विशेषता हो । ट्राउट माछामा पाइने ओमेगा ३ भन्ने तत्व मानव स्वास्थ्यका लागि अति राम्रो मानिन्छ । रेन्बो ट्राउटमा बोसोको मात्रा अरु मासुजन्य खाद्य पदार्थहरू भन्दा कम हुनुका साथै अरु महत्वपूर्ण पोषक तत्वहरू पनि पाइन्छ । फ्याटी एसिडले दिमागतथा छालाको राम्रो विकास गर्दछ । यसको अतिरिक्त उच्च रक्तचाप र कोलेस्टोरेल कम गर्नुको साथै जोर्नीको दुखाई समेत कम गर्दछ । तसर्थ माछा मुटु रोगीका लागि समेत उत्तम मानिन्छ ।

स्थानको छनौट

ट्राउट माछा पालनबाट सफलता पाउनको लागि प्रमुख पूर्वाधार उपयुक्त स्थल छनोट गर्नु हो स्थल छनोट गर्दा चिसो, सफा स्वच्छ पानीको स्रोत भएको केही भिरालो जमिनउपयुक्त हुन्छ सडक, विद्युत,बजार, उत्पादन सामाग्रीको उपलब्धता उत्पादित माछाआवश्यकता अनुसार जिउंदै पनि ओसार पसार गर्नु पर्ने भएकोले फर्म रहेको स्थानमा सडकको पहुंच हुनु अति आवश्यक माछालाई चाहिने आहारा केही दिनसम्म सुरक्षित राख्न फ्रिज मिक्सचर प्रयोगको लागि विद्युतको उपलव्धता अनिवार्य फार्ममा दानाको नियमित आपूर्ति उत्पादित माछालाइ बजारको पहुंच हुनु आवश्यक

 पानीको मात्रा गुणस्तर

रेन्बो ट्राउट उत्पादन गर्न आवश्यक पर्ने विविध पक्ष मध्ये पानीको मात्रा गुण महत्वपूर्ण मानिन्छ सोही पानीको आधारमा के कति माछा उत्पादन गर्न सकिन्छ भनेर पूर्व अनुमान गर्नु पर्दछ धेरै जसो ट्राउट पालनमा संलग्न व्यवसायीहरूले यो पक्षलाई त्यति विचार गरेको पाइदैन सानो स्तरमा उत्पादन गर्नको लागि थोरै पानी चाहिएता पनि धेरै उत्पादन लिन पर्याप्त पानीको आवश्यकता पर्दछ धेरै जसो ट्राउट फर्महरूको पानीको मुहान मुल तथा नदी भएकोले यस्ता श्रोतहरू समय अनुसार घटबढ हुने हुंदा नियमित रुपमा अनुगमन तथा सर्भेक्षण गरी सालभरको सरदर मात्रा के कति , थाहा पाउनु अतिजरुरी सो सर्भेक्षणको आधारमा सवैभन्दा कम पानीको मात्रा (वहाव) भएको आधारमा उत्पादन योजना निर्धारण गर्नु पर्दछ, ताकि पानीको कमिले भविष्यमा पर्न सक्ने जोखिम लाई न्युनिकरण वा व्यवस्थापन गर्न सकियोस् रेन्वो ट्राउट पालनमा आवश्यक पर्ने पानी त्यसको गुणस्तरले समग्र उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले पालनको लागि बर्षैभरि प्रसस्त मात्रामा उपलब्ध हुने पानीको स्रोत हुनु जरुरी एक मेट्रिक टन माछा उत्पादनको लागि करिव १०० वर्ग मिटर रेसवे पोखरीमा न्यूनतम ५०० घन मिटर प्रति दिनको दरले पानीको वहाव निरन्तर रुपमा आवश्यक पर्दछ अर्थात १०. लिटर प्रति सेकेण्ड अटुट रुपमा पानीको बहाव भएको वा एक दिनमा देखि पटक पुरा पानी फेरवदल हुने रेसवे पोखरीबाट एक वालीमा झण्डै एक मेट्रिक टन ट्राउट माछा उत्पादन गर्नसकिन्छ तसर्थ कुनै रेसवे पोखरीको उत्पादन क्षमता त्यस रेसवे पोखरीमा स्टकगरिएको भुराको तौल पानीको मात्रामा भर पर्दछ ।ट्राउट माछा पोखरी निर्माण तथा डिजाइन गरिर्न  ठाउँमा पानीको लागि निम्न कुराहरूमा

ध्यान दिनु पर्दछ

» ट्राउट फार्म निर्माणको लागि छानिएको स्थलमा बर्षैभरि पर्याप्त मात्रामा बगिरहेकापानी हुनु जरुरी

» उपलव्ध पानीको गुणस्तर मात्रा अनुसार भुरा उत्पादन गर्ने ह्याचरीको लागि सुविधा निर्माण गर्ने हो कि खाने माछा मात्र उत्पादनको लागि सुविधा निर्माण गर्ने हो एकिन गर्नु पर्दछ

» ट्राउट माछा बाच्न, हर्कुन परिपक्व हुन सफा, चिसो प्राणवायू (अक्सिजन) पर्याप्त भएको पानी हुनु पर्दछ

पानीको तापक्रम

रेन्वो ट्राउट माछा देखि २५ डि.से. सम्म पानीको तापक्रममा सामान्य रुपमा रहन सक्ने विभिन्न अनुसन्धान एवं परिक्षणले देखाएको हाल नेपालमा पालिएको रेन्वो ट्राउट जापान वाट आयात गरिएको यो प्रजाति २३ डि. से. भन्दा वढी पानीको तापक्रमको अवस्था पनि केहि हद सम्म सहन सक्ने सो भन्दा वढी हुंदा माछाले आहारा खान वन्द गरि विस्तारै मर्ने गरेको पाइन्छ तर राम्रो उत्पादनको लागि पानीको तापक्रम १५ देखि २० डि.से. हुनु आवश्यक भने प्रजनन्को लागि देखि १४ डिगी्र सेन्टिग्रेड तापक्रम चाहिन्छ अर्थात फूल कोरल्ने (गर्भित फूल देखि भ्रूण फूल) एटकिन भित्रको तापक्रम

देखि १०, हयाच् भई पौडने अवस्था (टवको तापक्रम) सम्म लाई १० देखि १२ फ्राई देखि फिङ्गरलिङ नर्सरी पोखरीको तापक्रम १२ देखि १४ डि.से. सम्मको पानीको तापक्रमलाई उत्तम मानिएको जसका लागि मूल नदी दूवै श्रोतको उपलव्धता हुनु राम्रो मानिन्छ ।तर एक बर्षमा ÷ महिना पानीको सरदर तापक्रम १० डिग्री सेल्सियस भन्दा कम हुने स्थानमा यो माछा ढिलो बढ्छ व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्न फाईदाजनकहुदैन

 घूलित अक्सिजन (प्राण वायू)

रेन्वो ट्राउट माछा पालनको लागि पानीमा घूलित अक्सिजन न्यूनतम . मि.ग्रा. प्रति लिटर आवश्यक पर्ने सो भन्दा कम भएमा माछाले दाना खान वन्द गरि मर्न सुरु गरेको विभिन्न परिक्षणको नतिजाहरूले देखाएका छन नदीको पानी निरन्तर वगिरहने हुंदा त्यसमा घूलित अक्सिजन प्रयाप्त भएको हुन्छ भने मुल वाट आएको पानीमा घुलित अक्सिजन कम हुने कहिले काहि प्राय शुन्य हुने हुंदा यस प्रकारको पानीका श्रोतमा के कति अक्सिजन रहेको नियमित रुपमा जांच गरि थाहा पाई राख्नु पर्दछ समुन्द्रको सतहको उचाई पानीको तापक्रम अनुसार घुलित अक्सिजनको मात्रामा फरक पर्ने गर्दछ तसर्थ यो माछाको लागि न्यानो पानीमा हुर्कने माछा भन्दा बढी मात्रामा अक्सिजनको आवश्यकता पर्दछ साधारणतथा . मी.ग्रालि. भन्दा वढि घुलित अक्सिजनको मात्रा ट्राउट माछाको लागि उपयुक्त हुन्छ ट्राउट माछा पालिने वातावरणमा माछाको घनत्व, दाना व्यवस्थापन, तापक्रम पानीको बहावले अक्सिजनको उपलब्धतामा असर पार्दछ सुरक्षित रुपमा ट्राउट माछा पालनको लागि रेसवेको मुहानमा प्रवेश गर्ने पानीमा .०मी.ग्रालि. घुलित अक्सिजन हुनु पर्दछ

 

 नाइट्रोजन ग्यांस

मुल तथा टियुवेल वाट निस्कने पानीका श्रोतहरूमा यस्ता समस्याहरू वढी हुने भएकोलेत्यसलाई एरिएसन गरि यस प्रकारका घुलित ग्यांसहरूलाई हटाउन सकिन्छ

 पानीको पि. एच.

अन्य माछा पालन व्यावसायको लागि जस्तै रेन्वो ट्राउट पालनको लागि पि.एच.को मात्रा . देखि . लाई उपयुक्त मानिएको कार्प माछा पालेको पोखरीको पानीमा पि.एच. कहिले काहि १० सम्म पुगेको पाइन्छ पानीमा रहेका शुक्ष्म वनस्पतिले प्रकाश संश्लेषण गर्दा वढने पि.एच. लाई सामान्य रुपमा लिइन्छ भने नदीको पानीमा चुन ढुंगाको श्रोत मार्फत वढने पि.एच. लाई खतराजन्य मानिन्छ पि.एच. धेरै हुदा पानीमा घुलित अवस्थामा रहेको एमोनियम नाईट्रोजन ग्यांस वढी सकृय हुदा मेथोगोलोविन (ःभतजयनयिदष्ल० को मात्रा रगतमा वढ्न गै यसले रगतको रंगलाई खैरो वनाउंदछ ।मेथगोलोविनले रगतमाअक्सिजन ओसार पसार गर्न नसक्दा माछामा अक्सिजनको कमि हुन्छ साथै गिलका लेमिलाहरू ९न्ष्िि बिmभििब० एक आपसमा टांसिदा अक्सिजन सोस्न  नसकी माछा मर्दछ ट्राउट पालन गर्दा प्रयोग हुने उच्च प्रोटिन युक्त आहारवाट उत्सर्जित मल मुत्रले एमोनियम नाइट्रोजन ग्यांस नियमित रुपमा उत्पादन गर्ने पि.एच.वढी हुदा यो ग्यांस सकृय भै माछाको गिलमा असर गरी अक्सिजन लिनमा कठिनाई पु¥याउंदा माछा छटपटाएर मर्ने गर्दछ

रेसवे निर्माण

ट्राउट तथा चिसो पानीमा पाईने अन्य जातका माछाहरूलाई अटुट रूपमा निश्चित पानीको वहाब दिएर पाल्न प्रयोग गरिने पोखरीलाई रेसवे भनिन्छ आवश्यकता अनुसार उत्पादन लक्ष तथा पानीको उपलव्धता अनुसार रेसवेहरू, ह्याचरी, तथा भित्री नर्सिङ्ग टैंकको डिजाईन गर्नुपर्दछ यसको साथ साथै फार्म भित्र आवश्यक पर्ने अरु सुविधाहरू जस्तै दाना उत्पादन घर, जाल राख्ने घर, कामदारहरूको लागि आवास, सडक, पार्किङ्ग, सिंचाई निकासका कुलोहरू फोहोर थिग्रयाउने टैंक आदिको लागि पनि आवश्यक न्यनूतम डिजाईन कार्य गर्नु राम्रो हुन्छ पानीका वहाव कम भन भएको पानीलाई पूर्ण सदुपयोगमा ल्याउनको लागि पुनः प्रयोग गर्न सकिने गरी रेसवेहरूको डिजाईन गर्नु धेरै राम्रो हुन्छ प्रयोगमा ल्याउनु अगाडिको पानीमा रहेको अक्सिजन प्रयोग भैसकेपछि पानीमा घट्ने अक्सीजनको

 मात्रा तथापानीमा फरक पर्न सक्ने अरु गुणहरूको जानकारी पनि राख्नु पर्दछ सोही अनुसारपानीको गुणस्तर कायम राख्न निर्माण गरिने संरचनाहरूको महत्वपूर्ण भूमिका हुन्छ रोगी माछाहरू राखिने रेसवेको पानी पुनः प्रयोगमा ल्याउंदा अरु स्वस्थ माछालाई पनि रोग सर्ने सम्भावना हुने भएकोले त्यस्ता रेसवेको पानी पुनः प्रयोगमा नल्याई छुट्टै निकासबाट बाहिर पठाउन सकिने गरि संरचना निर्माण गर्नु पर्दछ रेसवेको डिजाईन नापजाँच तथा निर्माणले ट्राउट फार्मको सफलतामा महत्वपूर्ण भूमिका खेल्दछ त्यसकारण उपलव्ध हुने पानीको मात्रा तथा जमिनको बनौट अनुसार कुन प्रकारको रेसवे बनाउनु राम्रो हुन्छ त्यसको फाईदा तथा बेफाईदाका बारेमा पनि केही जानकारी राख्नु उपयुक्त हुन्छ रेसवे निर्माण गर्नको लागि छनोट गरेको ठाउँमा पानीको उपलव्धता, गुणस्तर जमिनको बनौटमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ कान्ला, कान्ला परेको जमिन रेसवे निर्माणको लागि राम्रो मानिन्छ उपलव्ध पानीको बहाव जमिनको बनौट अनुसार नापजाँच गरी दुई प्रकारका रेसवे रेखात्मक समानान्तर निर्माण गर्न सकिन्छ ।जंगली माछा पात पतिङ्गर आदि पोखरी भित्र पस्नबाट रोक्नको लागि पानीको प्रवेशद्वारमा जाली शटर राख्न मिल्नेगरि खाँचको व्यवस्था गर्नु पर्दछ

रेखात्मक÷लहरे रेसवेः

यस प्रकारका रेसवे पानीको बहाव कम भएको ठाउँमा उपयुक्त हुन्छ शुरुको रेसवेपोखरीमा प्रयोग भैसकेको पानी तल्लो पोखरीहरूमा पुनः प्रयोग गरिन्छ माथिल्लो रेसवेपोखरी सफा गर्दा सबै फोहरहरू तल्लो पोखरीमा जान, यसरी  तल्लो पोखरीहरूकोपानीको गुणस्तर विग्रन सक्ने जोखिम रहन्छ शुरुको पोखरीको माछालाई लागेको रोगअन्य पोखरीका माछाहरूलाई पनि सजिलै सर्न सक्ने सम्भावना भएकोले यस प्रकारका रेसवे लेआउट भई निर्माण भएका फार्म राम्रो मानिदैन यस अवस्थामा एक पोखरीमा प्रयोग भैसकेको पानी पुनः अर्को पोखरीमा प्रयोगमा ल्याउनु अघि माछाले निश्कासनगरेको फोहरहरू, खेर गएका दानाहरू छान्ने (फिल्टर गर्ने) च्याम्बर तथा अमोनिया तथाअक्सिजनको समस्या समाधानको लागि सिंचाई निकासका कुलोहरूको डिजाईन तथा निर्माणमा बिशेष ध्यान पु¥याउनु जरुरी हुन्छ ।रेखात्मक÷लहरे रेसवको डिजाईन रेखात्मक÷लहरे लेआउटमा निर्माण गरिएका रेसवेहरू

समानान्तर रेसवेः

समानान्तर हिसाबले निर्माण गर्ने गरि लेआउट भएका हरेक रेसवेहरूमा छट्टुाछुट्टै ताजा सफा पानी आपूर्ति गर्न सकिने हुन्छ पानीको बहाव अत्यधिक भएको स्थानमा यस प्रकारका रेसवेहरू लेआउट गरि निर्माण गर्नु राम्रो हुन्छ

ट्राउटमाछाको लागि कस्तो दाना खुवाउनु पर्छ

 

ट्राउट माछाका लागि तोरीको पिना, भटमासको धुलो, धानको ढुटो चाहिन्छ प्रोटिनको मात्रा बढी चाहिने भएकाले भुरा माछाका लागि ४५ प्रतिशत ठूलो बिक्रीका लागि ९योग्य माछाका लागि० कम्तीमा पनि ३५ प्रतिशत सिद्रा माछा राख्नुपर्ने हुृन्छ। अन्नमा जौ अथवा गहुँ मिसाएर खुवाउने गरिन्छ उत्पादनको लागि ३५५ प्रोटिन भएको दाना दिनु पर्दछ ।माछाको विकासको क्रममा बिभिन्न अवस्थामा आवश्यक पर्ने पोषक तत्वहरुको मात्रा पनि फरक फरक हुन्छ

माछालाई उमेर अनुसार आहारा खुवाउनु पर्दछ साधारणतया साना भुरालाई ४० प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको प्रतिशतको दरले दैनिक रूपमा खुवाउनु पर्दछ ।१० ग्रामभन्दा माथिका हुर्कदो भुराहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ ५० ग्रामभन्दा माथिका माछाहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ ।माछाको दाना पेलेट रूपमा बनाउनु पर्दछ माछाको उमेर खाने मुखको आकार अनुसार पेलेटको दाना बनाउनु पर्दछ

 

ट्राउट माछालाई दाना दिने तरिका

 

दाना प्राय हातैले दिईन्छ दाना खाएको नखाएको हेरेर दाना दिनु पर्दछ दाना दिंदा माछा राखेको ट्यांकीको चारैतिर बराबर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाले दाना खान पाउंछन् सबैको एकनासले वृद्धि बिकास हुन्छ भुरा तथा हुर्काउला माछाको वृद्धि जांच हरेक पन्ध्र दिनमा गर्नु पर्दछ माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ माछाको मुखको र्साईजलाई दृष्टिगत गरी मिल्दो र्साईजको दाना ख्वाउनु पर्दछ

 

(ट्राउटमाछाको उत्पादकत्व कती

 

नेपालमा उपलब्ध प्रविधिको प्रयोगबाट प्रति बर्ग मिटर जलाशयबाट १० देखि १५ के।जी। रेन्बोट्राउट माछा उत्पादन भईरहेको दक्ष ट्राउट पालकले प्रति मिनेट मे। टन पानी बग्ने पोखरीबाट १५०(२०० मे।टन माछा प्रति हेक्टर उत्पादन गर्न सक्दछन्

 

 ट्राउट माछाको ग्रेडिङ्ग गर्नु पर्छ

 

ठूलो सानो साइजको माछालाई ग्रेडरद्वारा छुट्याउने प्रकियालाई ग्रेडिङ्ग भनिन्छ रेन्वो ट्राउट एउटा मांसाहारी माछा भएको हुनाले एक अर्कालाई ठुंग्ने मुखको साइज मिलेमा खाईदिने समेत गर्ने हुँदा माछा भुराको ग्रेडिङ्ग गर्नु अति आवश्यक हुन्छ यो माछाले खान नपाएको अवस्थामा आफ्नै साथीहरु खाने हुँदा यो माछालाई भोको अवस्थामा राख्नु हुदैन ठूलो सानो भुरा ससाना स्कुप नेट, माछा चाल्नीको प्रयोगले छुट्याउन सकिन्छ ।ट्राउट माछाको प्रजनन काल कार्तिकको दोस्रो हप्ता देखि फागुनको दोस्रो हप्तासम्म रहन्छ

भावी माउ माछाको छनौंट

प्रजनन् गराउने उद्देश्य अनुरुप स्वस्थ, शारीरिक बनौट मिलेको पोसिलो दाना खुवाई भुरा उत्पादन गर्नपालिने माछालाई भावी माउ माछा भनिन्छ भावी माउको छनौट गर्दा सकभर कोरल्न राखेको फुलबाट आँखा देखिएको बेलामा छान्न राम्रो हुन्छ तर नेपालमा भुरा अवस्थाबाट भावी माउ छनौट गरिदैं आएको भुराबाट भावी माउ छनौट गर्दा एलभिनले शरिरमा रहेको पहेलो पोषक पदार्थ ग्रहण

गरे पछिको भुराको मुख खुलेपछि प्रोटिनयुक्त संतुलित गुणस्तरीय दाना खुवाउँदै आएको ग्रामदेखि माथिका स्वस्थ, फुर्तिसाथ पौडने, डोलो सुडौल शरीर, पखेटाहरु नबिग्रेको, चम्किला अाँखा, इन्दे्रणी रंगको भुराहरु छनौट गर्दै माउमाछा तयार गर्नु पर्दछ यसरी माउमाछाको लागि छुटयाइएको भुरालाई भुरा हुर्काउने बिधि अनुसार हेरचाह गर्दै जानु पर्छ प्रजनन् गरीसकेपछिका माउ माछाको हेरचाह गर्नु पनि त्यतिकै आवश्यक हुन्छ जसले गर्दा त्यही माउ अर्को साल पनि प्रजनन्मा प्रयोग गर्न सकिन्छ यदि राम्रोसंग हेरचाह गरिएन भने अर्को सालको लागि अयोग्य, रोगी, बेसाइज, ठीक समयमा परिपक्व नहुने, फुल तथा मिल्ट राम्रो नदिने माछा माउ बनाउन पर्ने हुन सक्छ नेपालमा खासगरी करिव बर्ष बर्ष उमेर भएका माउ माछाबाट मात्र फुल लिने काम भएको

 

भाले पोथी माउ माछाको पहिचान हेरचाह

पहिलो सेक्सुअल चिन्ह ९ँष्चकत कभहगब िमष्mयचउजष्कm को आधारमा अनुमानित ५०० ग्राम भन्दा माथि दुई बर्ष उमेर पुग्न लागेका माउ माछाहरु भाद्र महिनाको अन्तिम सम्ममा छुटयाउनु पर्दछ (तालिका ) सो छुट्याइएको भाले पोथी अलग्गै राखी आवश्यक दानापानी दिएर राम्रो हेरविचार गरी पाल्नुपर्दछ साथै पानीको तापक्रम पनि पहिलो पटक माउ छुट्याएपछि लिदैं जानु पर्छ यसरी पानीको तापक्रम १३ डिग्री से. पुगी तलझर्ने क्रम शुरु हुन लाग्दा सम्ममा ह्याचरीको व्यबस्थापन तयारी पूर्ण भैसकेको हुनु आबश्यक

माउ माछाको हेरचाह

स्टकिङ्ग दर

नेपालमा अनुसन्धान गरिएको आधारमा भावी माउमाछाको रुपमा छनौट गरिएका माछालाई रेसवे पोखरीमा माछाको संख्याको तौलका आधारमा देखि कि.ग्रा. प्रति . मि.का दरले राखिन्छ तर यो घनत्व पानीको गुणस्तरमा भरपर्दछ यो घनत्वमा माउ माछा राखिने रेसवे पोखरीमा पानीको प्रवेश ६० लि. प्रति मिनेट प्रति .मि. हुनु पर्दछ माउ पोखरीको सरसफाइ रेन्वोट्राउट माउ पोखरीको सरसफाईले एक महत्वपूर्ण भूमिका खेल्छ माउमाछालाई स्वस्थ्य निरोगी राख्न सक्यो भने गुणस्तरयुक्त फुल लिन सकिन्छ पोखरीको सरसफाई कम्तीमा महिनाको एकपटक गर्नुको साथै माउ माछालाई चलाउँदा प्रतिशत नुन पानीको झोलमा देखि मिनेट डुबाउनु पर्छ यसो गर्दा पानीमा घुलित अक्सीजन पानीको तापक्रमलाई ख्याल राख्नु अति आवश्यक

माउ पोखरीमा पानी व्यवस्था

ट्राउट माछाको लागि चाहिने पानीको गुणस्तर आवश्यकता अनुसार भने पोखरी भित्रको पानीको आन्तरीक बहाव . लि. प्रति सकेण्ड हुनुपर्छ वा दिनमा कम्तीमा पटक पुरै पानी फेरिनु पर्दछ यसरी

नियमित पानी फेरिएको खण्डमा पोखरीमा माछाको दिसा खेर गएका दानाबाट उत्पन्न हुने एमोनिया जस्तो हानिकारक ग्यासको मात्रा कम हुन गई माछामा परजीवीको प्रकोप रोग लाग्ने संभावना कम हुन्छ

दानाको मात्रा दर

पोथी माउलाई ३५ प्रतिशत प्रोटिनयुतm संतुलित दाना कूल शारीरिक तौलको देखि प्रतिशतको हिसाबले दिनको पटक (बिहान अपरान्ह) खुवाउनु पर्छ पोथी माउमा फुलको क्रमिक विकास (फागुनचैत्रबाट) भैरहने हुँदा माउ माछाको लागि दानाको गुणस्तर बिचार गरी दाना खुवाउनु अघि एक के.जी. दानामा मि. लि. कड लिभर आयल ९ऋयम ष्खिभच यष्०ि राम्ररी मिसाउने त्यस पछि  को दुई चक्की मसिनोसंग पिसी दानामा मिसाई दिंदा झन राम्रो हुन्छ

सेतो थोप्ले रोग

लक्षणहरु

 

शरीरको बाहिरी भागमा सेतो थोप्लो देखा पर्दछ

ढाड जिउमा छाला पातलो भई घाउ देखिन्छ

औषधि उपचार

 

प्रतिशत नुन पानीको झोलमा मिनेट डुबाउने

मालाचाइट ग्रीन ०।१ पि।पि।एम प्रयोग गर्ने 

 

विरलिङ्ग रोग

यो रोग मिक्जोबोलस सेरेब्रेलिस नामक परजीवीबाट लाग्छ

यो परजीवी मुख्यतया माछाको टाउको नरम हाड मेरुदण्डमा लाग्छ

यस परजीवीका बिउहरु संक्रमित भई मरेको माछाबाट संक्रमित पानीबाट सर्छ

लक्षण

 

यस रोगबाट संक्रमित माछाको मेरुदण्ड बांगो हुन्छ पुच्छर तिरको भाग बांङ्गो टिङ्गो हुदै जान्छ

संक्रमित माछाको शरीरको रङ्ग कालो हुदै जान्छ माछाको बृद्धि हुँदैन

उपचार रोकथाम

 

यस रोगको उपचार नभएकोले संक्रमित माछालाई पोखरीबाट झिकी जमिन मुनि गाड्नु पर्दछ

यो परजीवी लाग्न नदिन पोखरीमा भुरा राख्नु अगाबै ५०० कि।ग्रा। प्रति हे। को दरले चुना प्रयोग गर्नु पर्छ

माछालाई संतुलित आहारा दिनु र्पछ

 आरगुलस ९माछाको जुम्रा

लक्षणहरु

 

शरीरको कुनै पनि भागमा लाग्न सक्दछ

यसले शरीरको रगत चुस्ने भएकोले जिउमा घाउ तथा खाटिरा देखा पर्दछ

औषधि उपचार

 

प्रतिशत नुन पानीको झोलमा १० मिनेट डुबाउने

टा«ईक्लोफेन ÷डिप्टेरेक्स ०।२५ पि।पि।एम प्रयोग गर्ने 

ट्रिकोडिनम

यो माछाको छाला, गिल पखेटामा आक्रमण गर्ने एक कोषीय बाहय परजीवि हो

यसको संख्या धेरै भएमा माछाको भुरा मार्दछ

लक्षण

 

माछा दुब्लो हुने, पानीमा बिस्तारै तैरने  फाट्टफुट्ट रुपमा दैनिक माछा भुरा मर्दै जाने यो परजीविको आक्रमणको प्रमुख लक्षण

 

औषधि उपचार

 

०।२५ पि।पि।एम।को दरले टा«ईक्लोफेन डिप्टेरेक्स राख्ने

२५ पि।पि। एम को दरले फोर्म्लिन पोखरीमा हाल्ने

प्रतिशतको नुन पानीको झोलमा १० मिनेट डुवाउने

०।२५ पि।पि।एम मालाचाइत ग्रीन प्रयोग गर्ने