परिचय
नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदामरहाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।
नेपालमा मधेसी बदाम खेतीको संभावना
नेपालको भौगोलिक परिवेश मधेसी बदाम खेतीलाई अत्याधिक उपयुक्त मानिन्छ। यहा ६०० मिटर भन्दा माथि करिब ३५०० मिटरसम्मका पाखाबारीमा समेत मधेसी बदाम खेती गर्न सकिन्छ। यी उचाई अन्तर्गतका क्षेत्रमा परम्परागत खेती अन्तर्गत नेपालमा हालसम्म खासै आम्दानी लिन सकिएको छैन। तराइको बाजो जमिन तथा पहाडि क्षेत्रका यस्ता प्रयोगहिन पाखाबारीहरुमा मधेसी बदाम लगाएर नेपाललाई मधेसी बदामको उधोगको रुपमा बिकास गर्न सकिन्छ। यो खेतीलाई सामुदायिक वनमा जंगली प्रविधिबाट खेती गरेर पनि आम्दानी लिन सकिन्छ।
आरु प्रजातिको यो बनस्पति सम्पूर्ण रुपमा आरुजस्तै देखिन्छ। बिश्वभरी आरु पाइने क्षेत्रमा यसको खेती गरिदै आएको छ। मधेसी बदामलाई आरुको र दभततभच मधेसी बदामको बोटमा कलमी पनि गरिन्छ। तर कलमी बाट बनाइएको कलमी गरीएको युनियनमा बिभिन्न समस्या आउने गरेकोले यसलाई सिधै बिरुवाबाट खेती गरीन्छ। बीउ बाट बनाइएको बिरुवाबाट मधेसी बदाम खेती गरिदैन टिस्युकल्चर गरेर बनाइएको बिरुवाबाट खेती गरिन्छ। आरु जस्तै हलक्क बढ्ने मधेसी बदामको भारतिय कागजी र अमेरिकन एच डि वान अन्तर्गतको शालिमार भेराइटी विश्वप्रसिद्ध मानिन्छ।
खेती प्रविधि
आरु फल्ने ठाउँमा प्राय यसको खेती गर्न सकिन्छ
मधेसी बदाम खेती गर्मी महिनामा ३५ डिग्रीसम्म तातो हुने ठाउमा गर्न सकिन्छ। त्यस्तै बिशेष गरि यो बालीको लागि खुकुलो माटो राम्रो मानिएता पनि पहाडि क्षेत्रका प्राय सबै माटोमा यो खेती गर्न सकिन्छ। पानीको लागि सिचाई सुविधा नभएपनि सरदर ८०० मिलि पानी पर्ने स्थानमा यसको खेती गर्न सकिन्छ। यसलाइ जैविक तथा गाईवस्तुको मलका साथै रासायनिक मलको प्रविधिवाट पनि खेती गर्न सकिन्छ। यो पहाडि इलाकाको घाम लाग्ने पारिलो पाखामा राम्रो खेती भएता पनि ६ घण्टा सम्म घाम लाग्ने सबै पहाडि इलाकामा यसको खेती गर्न सकिन्छ। पानी नलाग्ने पाखाहरु वा बर्षे पानीको भर पर्नु पर्ने टारहरुमा पनि मधेसी बदामको खेती गर्न सकिन्छ।
लगाउने विधि
(२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
(हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
(स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
बजार क्षेत्र
बिश्वमै अत्यन्त महगो मानिने मधेसी बदामको बजार विश्व भरिनै निकै नै राम्रो मानिनुका साथै यसको खेती बाट अत्यन्त ठूलो आम्दानी लिन सकिन्छ। नेपालले प्रत्येक बर्ष रु। ५० करोडभन्दा बढिको मधेसी बदाम खरिद गर्ने गर्दछ। यस आधारमा स्वदेशमा पनि मधेसी बदामको बजार अधिराज्यभरि नै राम्रो भरपर्दो देखिन्छ। साथै अन्तराष्ट्रिय अर्गानिक प्रमाणित गर्ने संस्थाबाट अर्गानिक प्रमाणित गराएपछि अन्तराष्ट्रिय बजारमा पनि राम्रो पकड रहनेछ। बिशेषगरेर पहाडि क्षेत्र नभएका धेरै देशहरुमा मधेसी बदामको ब्याबसायिक निकासीको संभावना ब्यापक छ।