अम्बा खेति प्रविधि
परिचय
फलहरु म्ध्ये एक वेग्लै एवं महत्वपर्ण स्थान ओगटन सफल अम्बाको उत्पत्ति मध्य अमेरिकामा भएको मानिन्छ । अम्बा लाई गरिव को स्याउ पनि भनिन्छ । अम्बा नेपालको साधारण बोलीचालीको भाषमा बेलौती पनि भनिन्छ । अम्बा नेपालको पहाड, भित्री मधेश एवं तराईको विभिन्र भागमा लगाइएको पाईन्छ । यसको खेती संखवनसभा, काभे्र ,बारा चितवन, तहन,नवलपरासी,कपिलबस्त, रुपन्देही लगायत २२ बटा जिल्लाहरुमा लगभग ५० हेक्टर जग्गमा अम्बाको व्यवसायीका उत्पदन भईरहेको छ ।
हावापानी र माटो
अम्बा उपोषण प्रदेशिया फल हो । यसले लामो समय सम्म तुषारो सहन सक्दैन ।वार्षिक सालाखाला १०० से।मिभन्दा कम पानी पर्ने ठाउँमा अम्बाखेतीका लागि राम्रो मानिन्छ ।नेपालमा १४०० मिटरसम्मको उचईमा अम्बा खेती गर्न सकिन्छ
माटो
अम्बालाई सबै प्रकारको माटोमा खेति गर्न सकिन्छ । नेपालमा पाइने रातो ,कालो,चिम्टयाईलो तथा बलौटे माटोमा यसको खेती गरिन्छ । तर अम्बाको विरुवाले पानी जमेको खप्र नसक्ने हँदा पानी जम्ने र भमिगत पानीको सतह नजिक भएमा यसको खेति रामो्र हँदेन । बास्तबमा सफल अम्बा खेतिको लागि गहिरो ,मलिलो ,बर्बराउँदो र टनिकासको उचित व्यवस्था भएको जग्गा छनोट गर्न उचित हन्छ ।
जातहरु
ऋलाहाबाद सफेदा, लखनउ ४९ सरदर, चित्तिदार , चाईनिस अम्वा ,बनारसी रेड पलेष्ड,आदि ।
विरुवा प्रसारण
अम्बालाई बीउ र वनस्पतिक गरि दवै तरिकावाट प्रसारण गर्न सकिन्छ। बीउबाट बेर्ना उमार्नको लागि पाकेको फलबाट निकालिएको ताजा बीउलाई प्लाष्टिकको थैलो या नस्ररीमा रोपिन्छ ।वनस्पतिक प्रजनन्हरु मध्ये एअर लेयरिग, ग्राफटिङ्ख बढि पचलियतं छ ।
जग्गाको तयारी
अम्बाका विरुवाहरु लगाउने जग्गाहरु मनसन सरु ह्न भन्दा अगावै अर्थात हिउँदमा नै गहिरो गरी जोतेर सम्याउन पर्दछ । त्यसपछि उक्त जग्गालाई वर्गाकार ,त्रिकोण वा षटकोण मध्ये कनै एक विधिबाट रेखाङ्खन गर्न सकिन्छ । स ाधारणतया अम्वा लगाउनको लागि ०.७५ १ मी साइजको खाडल अर्थात उक्त साईजको लम्वाई , चौडाई र गहिराई भएको ५ ६ मिटरको दरीमा खाडल खन्र पछ । वोट लगाउने विधि र दुरी ः अम्बालाई वर्गाकार, त्रिकोण र षट्कोण मध्ये कुनै पद्दतिवाट लगाउन सकिन्छ । विरुवालाई ६–७ × ६–७ मिटरको दुरीमा लगाउनु पर्दछ । अम्बाको विरुवा जेष्ठ देखिश्रवाणसम्म रोप्न सकिन्छ ।
मलखाद ः
एक वर्षको विरुवाललाई ५० ग्राम नाइट्रोजन, २५ ग्राम फस्फोरस र ५० ग्राम पोटास दिनु पर्दछ । उक्त मात्रा ६ वर्षसम्म बढाउँदै लानु पर्दछ ।
किराहरु ः
१ फलको औंसा ः आसा लागेका फलहरुलाई जम्मा गरेर नष्ट गर्नुपर्दछ । मालाथियन, डेमिकमजस्ता कीटनाशक विषादीहरुलाई खुदो मिलाएर छर्कनुपर्दछ ।
२। मिलिवग ः नियन्त्रण गर्न बोटको फेद वरिपरि प्लाष्टिक बेरिदिएमा यसकाबच्चाहरु वोटमा चढ्न सक्दन । आक्रमण भएको बोटहरुलाई निकोटिन ९एकभाग० सल्फेट पानी ६००भाग मिलाएर अथवा ०।१५ मेटासिड छर्केर नियन्त्रण गर्न सकिन्छ ।
३। कत्ले कीरा ः यो किरा हरियो र साना हुन्छ । फल , पात तथा डाँठमा चिप्किएर रस चुस्छन् । माछाको तेल वा रोजिन सावुन एक भाग र पानी ६ भाग मिसाएर७–१० दिनको फरकमा २–३ पल्ट छर्कनु पर्दछ ।
रोगहरु
ओइलाउने रोग रोग लागेको वोटमा माथिवाट हाँगा सुक्दैगएर केही हप्ता तथा महिनामै पुरै वोट मर्दछ । यो यो रोग नियन्त्रण गर्न रोग अवरोधकजातका अम्बा ९चाइनिज अम्बा,बनारसी धोल्खासिन्ध नासिक, सुप्रिम लगाउनु पर्छ । वगैं चाका अन्य वोटहरु पुरै भिज्ने गरी ०।१५ को बेभिष्टन अथवा वेन्लेटले १०–१५ दिनको फरकमा छर्कनु पर्दछ ।
२। एन्थ्राक्नोज ः यो रोग लागेमा पात, डाँठ, फलमा काला धब्बाहरु देखा पर्छन ।विरुवाको हाँगाहरु सुक्छन् र अन्त्यमा गएर विरुवानै मर्दछ । कपरअक्सिक्लोराइड,डाइथेनजेड७८,डाइफोलाटनअथवा अन्य कुनै तामायुक्त ढुसीनाशक विषादी छर्कनाले यो रोगलाई अन्यत्र फैलनवाट रोक्न सकिन्छ ।
३। खटिरे रोग ः यो रोग लागेका फलहरु, पातको नसामा खटिरा जस्ता खैरा काला दागहरु देखापर्दछन । रोगवाट बच्गले आक्रमण गरेका भागहरु हटाई लगाउनु पर्दछ । हाँगाहरु काटेको ठाउँमा वोडेक्स पेष्ट लगाउनु पर्दछ ।
४ ।पातको थोप्लोरोग ः यो रोग नियन्त्रण गर्नः चून एक भाग र गन्धक तीन भाग मिलाएर अथवा कपर अक्सिकलोराइड छर्नुपर्छ ।