अनार खेति प्रविधि

परिचय

अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फलजन्या वनस्पति हो। खासगरी चीन जापान अमेरिकाको क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ। नेपाल मा १५०० मीटर सम्म को उचाईमा अनार को बोट करेसाबारी मा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन।अनारको बोट करिब ५९६ मीटर अग्लो हुन्छ तर उचाई जात अनुसार फरक हुन सक्दछ। साधारणतयास् फल गोलो देखि लिएर अण्डाकार सम्म पाइन्छ। अनार को बोक्राको रंग सेतो, पहेंलो देखि लिएर रातो रंगको पाउन सकिन्छ तर फलको रंग हावापानीमा निर्भर गर्दछ। जात अनुसार बोक्रा पात पातलो हुन्छ भने कुनैको अलि बाक्लो पनि हुन सक्दछ। वनस्पति विज्ञान का अनुसार यसको फललाई बालाउष्टा भनिन्छ यसमा हजारौ को संख्यामा बीउहरू हुन्छन् । यिनै बीउको वरिपरि अतिक बाक्लो रसले भरिएको र कमलो भाग हुन्छ जुन भाग हामीले खाइन्छ।

 

हावापानी

करिब ५००१४०० मिटरको उचाईमा मध्य पहाडि जिल्लाहरुमा अनार खेती गर्न सकिन्छ । अनार खेतीको लागि लामो समयसम्म घाम लाग्ने, वसन्त ऋतु केही सुख्ख हुने र हिउँद चिसो हुने स्थान उपयुक्त मानिन्छ । धेरै वर्षा हुने स्थान अनार खेतीको लागि उपयुक्त हुँदैन । त्यसैले पुर्वी नेपाल भन्दा पश्चिम नेपालमा अनार खेती उचित देखिन्छ । वार्षिक वर्षा ५०६० से।मी। हुने ठाउँ यो फलको लागी उपयुक्त हुन्छ । १३४० डिग्री सेन्टिग्रेडसम्म तापक्रममा अनार खेती गर्न सकिन्छ । ४० डिग्रीर् सेन्टिग्रेड भन्दा बढी तापक्रम भएमा फलमा घामले डढेको जस्तो दाग लाग्न सक्दछ। हिउँदमा अनार शुसुप्त अवस्थामा रहने भएकाले १० डिग्री सेन्टिग्रेड भन्दा तलको तापक्रमले केही नोक्सानी गर्दैन ।

 

 माटो

सबैजसो खालको माटोमा भएतापनि पानि नजम्ने गहिराई भएको दोमट माटो अनार खेतीको लागि उपयुक्त मानिन्छ।पि।एच।५।५ देखि ६।५ सम्मको हल्का अम्लिय माटो अनार खेतीलाई राम्रो हुन्छ ।पि।एच। ७।५ सम्मको हल्का क्षारीय माटोमा पनि अनार खेती गर्न सकिन्छ ।चिम्ट्याइलो माटोमा अनार रोप्दा रोप्ने स्थानको माटो केही उठाउनु पर्छ भने सिंचाइको राम्रो व्यवस्था गरेमा बलौटे दोमट माटोमा पनि अनार खेति गर्न सकिन्छ ।

 

जातहरु

१। पेपरसेल पात मझौला र बोक्रा बाक्लो हुन्छ। बीउको खाने भाग राती गुलाबी रङको, स्वाद गुलियो र बिउ नरम हुन्छ।

२। बेदाना फलको मध्यमदेखि ठूलो बोक्रा खैरोदेखि सेतो गुदि भएको, सेतो र गुलियो रसदार हुन्छ, बिउ नरम हुन्छ।

३। कन्धारी फल ठूलो बोक्रा गाढा रातो बीउको बाहिरी भाग रगतजस्तो रातो, बिउ कडा र रस अलिकति अमिलो हुन्छ।

४। मस्कार रेड फलको आकार सानो, मझौला र बोक्रा हुन्छ। खाने भाग नरम, रस गुलियो र बिउ नरम हुन्छ।

५। धोल्का फलहरू ठूलो , बोक्रा हरियो – सेता, बीउको बाहिर खनेभाग हल्का रातो – सेतो बिउ नरम र रस बढी अमिलो हुन्छ।

६। काबुल फल ठूलो, बोक्राको बाहिर भाग रातो९ पहेंलो बीउको बाहिर भाग बढी रातो बाक्लो र धेरै हुन्छ। रस आली तिती हुन्छ ।

६। अन्य जात हरु गणेश, मास्कार ह्वाइट  जाति आदि।

प्रसारण विधि

बीउबाट प्रसारण गर्दा पूर्ण रूपमा पाकेको अनार बाट बिउ झिकी नर्सरी वा पोलिथिन थैलामा रोपी बेर्ना तयार गरिन्छ। बीउबाट। सजिलै प्रजनन गर्न सकीयता पनि विभिन्न कारणहरू ले गर्दा सो गरेको पाइँदैन। वनस्पति विधिका कटिङ्ग र जुटीबाट प्रजनन गरिन्छ। व्यवसायिक प्रयोजनका लागी कटिङ्ग विधि अपनाइन्छ। यसमा २०९२५ से।मी। लामो परिपक्क हाँगा लिई एक तिहाई भाग भुई भन्दा माथि हुने गरी नर्सरी मा रोपनी पर्दछ। वातावरण नियन्त्रण गर्न नसकिने ठाउँमा जेठ – आषाढ तिर र अनुकूल वातावरण मा माघ – फागुन तिर कटिङ्ग लिइन्छ। बगैचा मा रोप्न १९२ वर्षभित्र तयार हुन्छ। जग्गा को तयारी तथा बोट लगाउने तरिका ४९५ पटक खनजोत गरी जग्गा तयार गर्नु पर्दछ। बोट लगाएर ४९५ मीटरको दूरीमा ६० घन सेन्टिमिटर को खाडल तयार गरी केहीदिन खुल्ला छाडी त्यसपछि २० के।जी। प्राङ्गारिक मल, ५०० ग्राम सुपर फस्फेट र २५० ग्राम म्युरेट अफ पोटास खाडलको माथिल्लो सतहको माटोसँग मिश्रण गरी खाडल पूर्नु पर्दछ।बिरुवा जेठ – आषाढ र पौष९ माघ महिना मा सार्न सकिन्छ। माटो सारीसके पछि सुरुमा १९२ हप्तासम्म माटोको चिस्यान हेरी सिंचाई गर्नुका साथै टेको पनि दिनु पर्दछ।

मलखाद

गोबर र कम्पोष्ट ९के।जी।० नाइट्रोजन ९ग्राम०, फस्फोरस ९ग्राम० र पोटास ९ग्राम० क्रमशस् पहिलो वर्षस् १०, १००,२५ र ०० दोस्रो वर्ष २०, २००,२५ र ०० तेस्रो वर्ष ३०, ३००,५० र १०० चौथो वर्ष ४०,३५०, १०० र २०० तथा पाँचौं वर्ष र तत्पश्चात ५०,४००, २०० र २०० दिनुपर्दछ। बर्सात को सुरू मा कम्पोष्ट माल र खरानी दिनुपर्दछ । रासायनिक मल तीन भाग गरी वैशाख – जेठ, आषाढ – कार्तिक र माघ – फाल्गुन महिना मा दिनुपर्छ।

सिंचाई

प्रारम्भिक वर्ष हरु बाहेक अरु बेला सिंचाई को त्यति आबस्यकता हुँदैन। तर , माटो को आबस्यकता हेरेर गर्मी मा १५ – २० दिन को फरक मा सिंचाई गर्नुपर्दछ । मलखाद दिएपछि र फल तथा फूल लागिसकेपछि बिरुवालाई सिंचाई को आबस्यकता पर्दछ। माटोमा चिस्यान को मात्र काम भएमा फूल र फल झर्न तथा फल भुट्ने बढी सम्भावन हुन्छ । कुलेसो बनाई सिंचाई गर्नुपर्दछ र पनि जम्न दिनुहुँदैन । बढी सिंचाई भएमा अनार कम फल्ने गर्दछ।

तालिम तथा काटछाँट

जमीन बाट ३०९४५ से।मी। को उचाईमा चारैतिर फैलिएका ३९४ वटा हाँगा निस्कन दिन सुरुमानै एक मीटर को उचाई राखी मूल काण्डको टुप्पो काट्नुपर्छ । फेदबाट निस्केका अन्य पनिसरा ९हाँगा० तुरुन्तै हटाउनु पर्दछ । सुकेका रोग तथा किरा लागेका, एक अर्का माथि खन्टीएका अन्य अनावस्यक हाँगा हरु काटछाँट गर्नुपर्दछ।

किरा तथा रोगहरु

अनार ४५  भन्दा बढी  प्र्रजातिका कीराहरुले  आक्रमण गरेको पाइन्छ  साथै दर्जनौ रोगहरु पनि समस्याको रुपमा रहने बैज्ञानिकहरुको दाबी छ । कीराहरु तथा  रोगहरुको संक्रमण बंगैचाको सर सफाई ,भौगोलिक अवस्था तथा अन्य व्यवस्थापन पक्षले  असर पारेको छ।  अनारको प्रमख समस्यको रुपमा अनारको पुतली  हो भने  त्यसपश्रात अनारको बोक्रा खाने इाुसिलकीरा , जरामा लाग्ने  धमिरा,लाही कीरा ,सेतो पुतली स्केल कीरा  थिप्स आदि हन ।