कागती खेती प्रविधि

परिचय

कागती खेती नेपालको मध्यपहाड, वेसी र भित्रि मधेशमा एक महत्वपूर्ण नगदे वालीको रुपमा विकसितहँुदै आइरहेको छ । व्यवसायिक रुपमा कागती खेतीको लागि तराई र भित्रि मधेशको पानी   बेशी, खोच नदी किनारा हुदै १४०० मिटरसम्मको क्षेत्र उपयुक्त हुन्छ । गुणस्तरिय फल उत्पादनको लागि दिनमा ८ देखि १० घण्टा सूर्यको प्रकाश पर्ने,तापक्रम १० देखि ३५ डिग्री सेल्सियस बीच रहने र हुस्सु नलाग्ने स्थानहरु उपयुक्त हुन्छन ।

हावापानि

कागती खेतीको लागि वर्षै भरि न्यानो साथै ओसिलो किसिमको हावापानी हुने दिनमा ८१० घण्टा सूर्यको प्रकाश लाग्ने, उपोष्ण हावापानी उपयुक्त हुन्छ । तराईको १०० मिटर देखि लिएर १८०० मीटर उच्चाई सम्म उपलब्ध हुने हावापानी कागती खेतीको लागि उपयुक्त छ । गुणस्तरीय कागती फलको उत्पादनको दृष्टिकोणले १०० मी देखि १४०० मीटर सम्मको उच्चाई अति उत्तम मानिन्छ । कागतीले तुसारो, असिना, हिउँ, लामो समय सम्म सुख्खा हुने ठाउँहरु व्यावसायिक कागती खेतीको लागि उपयुक्त हुदैँन । वर्षाद सिजनमा बढी कुहिरो हुस्सु लागि रहने स्थान पनि उपयुक्त हुदैँन । गुणस्तरी फल उत्पादनको लागि ८१० घण्टा राम्रो सुर्यको प्रकाश लाग्ने रतापक्रम १० देखि ३५ सेन्टीग्रेट रहने स्थान उपयुक्त मानिन्छ

 

माटो

ह्लका दोमट र प्राङ्गारिक पदार्थयत्त, पानी नजम्ने खालको माटो यस खेती लागि उपयत्त मानिन्छ । माटोको रासायनिक गण यसको  अम्लियपना  पि एच लेवलले जनाउँछ  र पि एच ५।५ देखि ६।५ उपयत्त मानिन्छ ।

जातहरु

नेपालमा ब्यवसायिक खेतीको लागि सिफारीस कागतीका जातहरु निम्न प्रकार छन् ।

१। सुनकागती – १

यो जात तराई, भित्रि मधेस, वेशी र मध्य पहाड क्षेत्रका पानी नजम्ने स्थानमा खेती गर्दा अषाढदेखि आश्विनसम्म मौसमी फलहरु उत्पादन लिन सकिन्छ भने केहि मात्रामा वर्षैभरी बेमौषमी उत्पादन लिन सकिन्छ । त्यसैगरी मध्य पहाडमा यसको खेती गर्दा भद्रा देखि कार्तिक सम्म मौषमी फलहरु उत्पादन लिन सकिन्छ भने केहि उत्पादन वर्षै भरी लिन सकिन्छ । यो जातको प्रतिहेक्टर उत्पादन ३०३५ मे।टन सम्म हुन्छ ।

२। सुनकागती

यो जात तराई, भित्रि मधेस, वेशी र मध्य पहाड क्षेत्रका पानी नजम्ने स्थानमा ब्यवसायिक खेती गर्न सकिन्छ । यसको उत्पादन २५ टन प्रति हेक्टर सम्म हुन्छ ।

 

खाडल खन्ने, खाडल पुर्नेः

पहाडमा बिरुवा लगाउनु १२ महिना पूर्व नै किल्ला गाडेको ठाउँमा किल्लाको बीचबाट वरीपरि ३ फिट गोलाई र ३ फिट गहिराईको खाडल खन्नु पर्दछ । तराईमा भने − २,२ फीटको बनाए हुन्छ । खाडल खन्दा माथिल्लो सतहको आधा भागको माटोलाई एका पट्टी र मुनीको आधा भागको माटो अर्को पट्टी राख्ने ।

 विरुवा लगाउने दुरी   ४ , ४ मिटरको  फरकमा लगाउन सकिन्छ ।

 

मलखाद

समय

म्लखादको मात्र

जमिन  तयार गर्दा ५० के।जी। राम्ररी पाकेको कम्पोष्ट वा गोबरमललाई खाडल खन्दा निस्केको माथिल्लो भागको माटोमा राम्रोसँग मिसाई राम्ररी खादेर खाडलमा भर्ने ।

 

बिरुवा रोप्दा

प्रति खाडल ५० ग्राम डी।ए।पी।, ५० ग्राम यूरिया र २५ ग्राम म्यूरेट अफ पोटास विरुवा रोप्नु भन्दा पहिला माटोमा मिलाउने र बिरुवा रोप्ने । बिरुवा १२ वर्ष हुँदा २०२५ किलो गोबरमल, १०० ग्राम यूरिया ५० ग्राम डि।ए।पी। र १०० ग्राम पोटास प्रति वोटका दरले दिनु पर्ने हुन्छ । वयस्क बोट,प्रति वर्ष ४०५० किलो पाकेको गोबरमल, ५०० ग्राम यूरिया, २५० ग्राम डि।ए।पी। र ५०० ग्राम पोटासको आवश्यकता पर्दछ ।

नोटः

 स्यूरिया मल एक पटक हिउँदमा, एक पटक मनसुन शुरु हुनु भन्दा अगाडी र एक पटक मनसुनको अन्तमा दिँदा राम्रो हुन्छ । स्फल फल्ने वयस्क वोटलाई मल दिँदा बोटले चारैतिर जति स्थान ओगटेको छ त्यसको वरिपरि २५ से।मी। गहिरो कुलेसो बनाई मलखाद दिनु पर्दछ । मलखाद दिएको वोटलाई मल्चिङ गरि हल्का सिंचाई गर्नु पर्छ ।

 

 बिरुवा काटछाँट

कागतीको विरुवालाई समय समयमा काटछाँट गर्नु पर्दछ । रुटस्टकबाट आएका अंकुराहरुलाई काटेर हटाउनु पर्दछ । विरुवा सानै हुदा देखि नै सलक्क परेका माथितिर बढेका फल नलाग्ने हाँगाहरु,आपसमा जोडिएका, सुकेका हाँगाहरुलाई काटेर हटाउनु पर्दछ । विरुवाको राम्रो आकार र बोटलाई बलियो गराउन चौडाकोण भएका हाँगाहरुलाई फरक फरक दूरीमा छनौट गरेर राख्नु पर्दछ ।

सिचाई

१ फुल फुल्ने फल लाग्ने र पालुवा आउनेअवस्थामा गने

२ पानी जम्न हदनुहुदैन

३ बोटको वररपरर कुलेसो बनाएर लगाउने

४ थोपा सिचाई उत्तम माननन्छ

 

रोग तथा कीराहरु

कत्ले कीराहरु

समस्याः कत्ले कीराहरु अचल भई फल हाँगा र पातमा टाँसिएर रस चुस्दछन् । फलको बोक्रामा दाग बनाउने हुँदा फल आकर्षक हुदैनन् । आक्रमण धेरै भएमा पात झर्ने र हाँगानै सुक्ने हुन्छ ।

व्यवस्थापनः एट्सो÷सर्बो एग्रो स्प्रे नामक खनीज तेल १०२० एम।एल प्रति लिटर पानीमा मिसाईफूल फुल्नु भन्दा पहिले अर्थात पौष र माघ, जेठ देखि भाद्र सम्म १५१५ दिनको अन्तरमा बोट पुरै भिज्ने गरी छर्कने । यस कीराबाट आक्रमण भएका वोट विरुवामा मनोसिल ९मोनोक्रोटोफस० विषादी २ एम। एल। प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा पुरै बोट भिज्ने गरी छर्कर्ने ।

 

२ पतेरो कीरा

समस्याः यस कीराको माउ र बच्चा दुवैले कलीला फलहरुको भेटनुनिरबाट रस चुस्दछन् । जसको फलस्वरुप फलहरु राम्ररी छिप्पिन नपाउदै पहेंला हुन्छन् र झर्दछन् । यो कीराको प्रकोप आषढ देखि असोज सम्म निकै हुन्छ ।

व्यवस्थापनः मनोसिल १२ एम एल प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा पुरै बोट भिज्ने गरी छर्कने ।

३ पात खन्ने कीरा

समस्याः यो कीराले पातको माथिल्लो र तल्लो पत्रको बीचमा हुने हरियो भाग खान्छन् । मुख्यतया नयाँ कलीला पातमा आक्रमण गर्दछन् र कहिले कही लाभ्रेहरु विरुवाको कलीलो डाँठको बोक्राको बाहिरी र भित्रि सुरुङ्ग बनाउँदै हरियो भाग खान्छन् ।

व्यवस्थापनः रोगर वा मनोसील विषादी मध्ये कुनै एक २ एम। एल प्रतिलिटर पानीमा मिसाएर पुरै पात भिज्ने गरी १५१५ दिनको अन्तरमा छर्ने ।

 

 रोग व्यवस्थापन

१ फेद र जरा कुहिने रोग बिरुवाको काण्ड, जरा वरिपरि पानी जम्ने वा बढीआध्र्रता भएमा यो रोग लाग्दछ । यो रोग लागेमा जराहरु कुहिन्छन् । काण्ड वरिपरिबाट सड्न थाल्दछ , पातहरु पहेलिएर झर्न थाल्दछन् र अन्त्यमा गएर पुरै बोट नै सुक्दछ ।

ब्यवस्थापन ःबोट विरुवाको जरामा भरखरै रोगले आक्रमण गरेको छ भने रोगी बोटको फेदको माटो हटाई जरालाई सिकेचरले काटी हटाउने र सो ठाउँमा बोर्डो पेष्ट लगाई वा वोर्डोमिक्चरले ड्रेन्चिङ्ग गरी पुरी दिने । बोट विरुवालाई रोगको आक्रमणबाट बचाउनको लागि बोट विरुवाहरुको काण्डमा वर्षको १ पटक माघफागुन महिनामा वोर्डो पेष्ट लगाउने ।

२। खराने रोग

यो रोग लागेका हाँगा र पातहरुमा सेतो पाउडर जस्तो धुलो देखा पर्दछ । पातहरु साना हुन्छन् र परिपक्क नहुदै झर्ने गर्दछ । फल उत्पादनमा कमि हुन्छ । अन्त्यमा बोट नै मर्न सक्छ ।

व्यवस्थापनः रोगबाट आक्रमण भएका सुकेका मुनाहरुलाई काटछाँट गरी जलाई दिनु पर्दछ । पालुवा निस्कने समयमा क्याराथिएन नामक विषादि ०।५ एम।एल प्रति लिटर पानीमा घोली १० देखि १५ दिनको अन्तरमा २ देखि ३ पटक पुरै बोट भिज्ने गरी छर्नु पर्दछ ।

फल टटप्ने र भण्डारण

 १बोक्रा चिल्लो भएपनछ र फलमा रस

 २राम्ररी रस भररएपनछ हटप्ने

 ३बोक्राको रिंग पहेलो भएपनछ हटप्ने

४ यो फल हटवपसके पनछ पाक्दैन

 ५  ८ देखि १० डि से मा कागतीलार्इ ३ महिना सम्म भण्डारण गर्न सकिन्छ।