लसुन खेती प्रविधि

 

परिचय

 

लसुनको बैज्ञानिक नाम Allium sativum हो । यो Amaryllidaceae परिवार अन्तर्गत पर्दछ । यसको उत्पत्ति मध्य एशिया देखि दक्षिण यूरोपसम्मको भूभागमा भएको मानिन्छ । लसुन गानो बाली अन्तर्गत पर्ने एक महत्वपूर्ण बहुउपयोगी मसला बाली हो । लसुनमा प्रोटीन, फस्फोरस, पोटासियम, क्याल्सीयम, म्याग्नेसियम र काब्रोहाईड्रेट पाईन्छ । हरियो लसुनमा प्रशस्तमात्रामा एस्करविक एसिड Ascorbic acid  पाईन्छ । लसुनमा हामीले जुन बास्ना पाउछौ त्यो डाईएलायल डाईसल्फाईडको उकारणले हो । लसुनको मेडिसिनल महत्व पनि छ । हामीले नियमित लसुन सेवन गरेमा मानिसको रगतमा कोलेस्टेरल घटाउनमा सहयोग गर्दछ । यसको प्रमुख कारण लसुनमा पाईने एलिसिन भन्ने रसायनले गर्दा हो । यसले खाना पचाउनमा पनि सहयोग पुरयाउछ । ग्यास्ट्रीक हुनेको लागि पनि यो फाईदाजनक छ । विभिन्न किसिमका विषादीहरु बनाउनमा लसुनको प्रयोग गरीन्छ । जस्तैः बानस्पतिक किटनासक, ढुसिनासक र जुकानासक विषादी बनाउनमा समेत यसको प्रयोग हुने गरेको छ ।

हावापानी

लसुन प्राय सबै किसिमको हावापानीमा लगाउन सकिन्छ । समुन्द्र सतहबाट १०० मी देखि ३००० मी सम्मको उचाईमा यसको खेति सफलता पूर्वक गर्न सकिन्छ । लसुनलाई मध्य पहाडमा हिंउदे र बसन्ते बालीको रुपमा बर्षको दुई पटक लगाउने प्रचलन छ भने तराईमा हिउदमा एक पटक मात्र लगाउने गरिन्छ । लसुनको बानस्पतिक बृद्धिकोलागि १० देखि २० डिग्री सेन्टीग्रेट तापक्रम आवश्यक हुन्छ भने गानोको राम्रो विकास हुन १८ देखि २५ डिग्री सेन्टीग्रेट तापक्रम आवश्यक हुन्छ । यदि तापक्रम २ डिग्री सेन्टीग्रेट भन्दा कम भएमा पात र डाठहरु पहेला भएर जान्छन् ।

 

माटो

प्रागारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा यसको खेति राम्रो हुन्छ । पानी जम्ने ठाउ र चिम्टयाईलो माटो यसको लागी उपयुक्त मानिदैन । लसुनको लागी हल्का अम्लीय माटो उत्तमहुन्छ । माटोको पि।एच। ५।८ देखि ६।८ सम्म राम्रो मानिन्छ ।

मलखाद

कम्पोष्ट ः ०।५ देखि १।० टन प्रति रोपनी।

नाईट्रोजन ः १।५ देखि २।५ के।जी। प्रति रोपनी।

फस्फोरस ः १।० देखि १।७५ के।जी।प्रति रोपनी।

पोटास ः ०।५ देखि १।५ के।जी। प्रति रोपनी।

 

लसुनका प्रमुख जातहरु

नेपालमा स्थानिय लसुनका जातहरु नै लगाउने प्रचलन बढी छ ।नेपालका प्रचलित जातहरुमा मार्फा स्थानिय, गोदामचौर स्थानिय,पाटन स्थानिय प्रमुख छन् । नेपालमा रोपिने भोटे लसुन आयातित जात हो । ईण्डियन जातहरुमा एग्रीफाउण्ड सेतो, यमुना सफेद ९जि१०, यमुना सफेद२ ९जि५००,यमुना सफेद३ ९जि२८२०, एग्रीफाउण्ड पारवती, यमुना सफेद४ ९जि३२३० प्रमुख छन् ।

 

लगाउने तरिका र समय

नेपालका कृषकहरुले लसुन तिन किसिमबाट लगाएको पाईन्छ ।

९क० पराम्परागत तरिका

९ख० उन्नत तरिका

९ग० शुन्य खनजोत प्रविधिबाट लसुन खेति

 

९क० परम्परागत तरिका

यस तरिकामा कृषकहरुले आफनो घरायसी प्रयोजनका लागि लगाउने गर्दछन् । कृषकहरुले यसमा कुनै किसिमको पनि सिफारिस प्रविधि अपनाउदैनन् ।

९ख० उन्नत प्रविधि

व्यावसायिक लसुन खेति गर्ने कृषकहरुले प्राविधिकको सिफारिस बमोजिम लसुन खेति गर्दछन् । जस्तै ः जमिन तैयार कसरी गर्ने रु कुन जात लगाउने रु कति दुरीमा लगाउने रु मलखाद कति राख्ने रु सिंचाई कति पटक दिने रु गोडमेल र रोग किराको नियन्त्रण कसरी गर्ने रु भण्डारण कसरी गर्ने रु बजारीकरण कसरी गर्ने रु आदी कुराहरुको लेखाजोखा गरी खेति गरिन्छ ।

९ग० शुन्य खनजोत प्रविधिबाट लसुन खेती

पश्चिम नेपालको कैलाली, कंचनपुर र बर्दीयाका थारु समुदायमा यस प्रविधिबाट लसुन खेति गर्ने प्रचलन बढी पाईन्छ । यस तरिकाबाट लसुन लगाउदा धान लगाएको ठांउमा धान काटी सकेपछि खनजोज नगरिकनै धानको गाजको विचमा लसुन लगाउनेचलन छ । कृषकहरुको अनुभवलाई लिदा झण्डै २० देखि २५ बर्षदेखि पश्चिम नेपालका थारु समुदायका कृषकहरुले यो प्रविधिअपनाउदै आएका छन् ।

 

लगाउने समय

उच्च पहाड स् असोज  कार्तिक

मध्य पहाड स् असोज  कार्तिक

तराई  स् कार्तिक  मंसिर

लगाउने दूरी  से।मी

बोट- बोट  १५

लाइन - लाइन  ७ ८

बेर्ना र बीउ मात्रा प्रति रोपनी २५९३० के।जी।

बाली तयार हुन लाग्ने अवधि ४-६ महिना

उत्पादन  के।जी। प्रति रोपनी  ६०० ९ १०००

 

लसुन खेतीको गोडमेल र सिँचाइ व्यवस्थापन

१ लसुन बालीमा झारपातको निकै समस्या हुन्छ । बेर्ना बाक्लो हुनेगरी सार्नु पर्ने हुँदा धेरैपटक झारपात हटाइ गोडमेल गर्दा बिरुवालाई बाधा पुग्ने गर्दछ । लसुन खेती गर्दा खेती अवधिभर ३९४ पटक गोडमेल गर्नु आवश्यक छ तर झारको मात्रा र अवस्था हेरी कम वा धेरैपटक गोडमेल गर्न सकिन्छ ।

२ लसुन बाली अवधिभर माटो खुकुलो राख्नु पर्दछ । यदि माटो खुकुलो नरहेमा माटोको माथिल्लो सतह जमेर कडा हुन जान्छ, जसले गर्दा एउटा बोटमा एउटा गानोको बदला गानो फुटेर धेरै र साना गानाहरु बन्न पुग्दछन् । यसले लसुनको उत्पादनमा गुणस्तर तथा परिमाणमा नकारात्मक प्रभाव पर्दछ ।

३ लसुन बालीमा पहिलो सिँचाइ बेर्ना सार्ना साथ दिनु पर्दछ भने त्यस पछिका सिँचाइहरु आवश्यकतानुसार मौसमको अवस्था, माटोको किसिम र बालीको उमेर हेरी गर्नु पर्दछ ।