परिचय

केराउ, बोडी जस्तै राज्मा पनिप्रशस्तै मात्रामा खनिज तत्वहरु तथा भिटामिन ए पाइन्छ । यसैगरी प्रोटिनको मात्रा पनि प्रशस्त पाइन्छ । उसैले मासु खानुभन्दा पनि राज्माको तरकारी खानु नै बढी लाभदायक हुन्छ भन्नेहरु पनि धेरै छन् । कोशेबाली भएकोले केराउजस्तै यसमा पनि नाइट्रोजन बनाउन सक्ने खुबी आफैमा हुन्छ । उसैले चक्रीय बाली अपनाउदा राज्माको खेती पनि गर्न सकिन्छ । काउली, बन्दा, मुला, गाजर, धान, मकै, गोलभेडा, भन्टा, खुर्सानी जस्ता बाली एवं पछि अर्को लगाउनुभन्दा बीचबीचको समयमा राज्माको खेती पनि गर्न सकिन्छ । नेपालमा यसको खेती निकै पहिलाबाट शुरु गरिएको भए पनि विकिसित जातहरुको खेती भर्खरैबाट मात्र शुरु गरिएको हो । आर्थिक रुपमा पनि राज्माको महत्व अत्यन्तै बढ्दै गएको छ । यो बाली तरकारी

हावापानि

यो अत्यधिका सूख्खा सहनसकने बाली हो । यसको गेडको उपयोग खास गरी दालको रुपमा प्रयोग हुन्छ । ठूलाठूला भोज  भेतहरुमा राजमाको विशेष परिकार  बनाइन्छ । यसको  खेती नेपालमा नगन्य मात्र गरिएको पईन्छ  ।बजारको मागा धान्र भारततततबाट अयात गरिन्छ ।

 खेति गर्न तरिका

समतल, दोमट वा हुलका बलौट माटो मा  राजमा खेतीका लागि उपय्क्त हुन्छ । तर तोरीलाई ईा मसिनो माटो बुरबुराउँदो बनाउनु पर्छ  भएकाले अलि खसे माटो भए पनि उम्रन्छ ।सिँचाइ आवश्यक हून्छ ।साथै पानीको निकासको व्यवस्था भएको हुनुपर्छ ।

 

माटो

 

यसको खेती सबै किसिमको माटोमा गर्न सकिन्छ तापनि अगौटे बालीको लागि बलौटे दुमट अन्तर बालीको लागि दुमट चिम्टिलो माटो उत्तम हुन्छ ।

 

जम्मा तयारी

 

२र३ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र पानी नजम्ने मलखाद सतह मिलाउनुपर्छ।

 

मलखाद

 

२०९२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, २ किलो फोस्फोरस, ३ कालो पोटास र किलो नाइट्रोजन प्रतिरोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ। यो पनि कोसेबाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ। त्यसैले नाइट्रोजनयुक्त मल टपड्रेस गर्नु पर्दैन ।

 

जातहरु

१पि.डि.आर १४

२ कणाली सिमि १

३कणाली सिमि २

विउ दर ः प्रति रोपनि ३ देखि ४ केजी

 

बिउरोप्ने दुरी ः बोट देखि बोट को दुरि २० सि.मि लाईन देखि लाईन सम्मको ५० सि.मि

सिचाई र गोडमेल स्(

 

बीउ रोप्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान भएको माटोमा बीउ रोप्नुपर्छ। त्यसपछि आवश्यकता अनुसार सिंचाई गर्दै जानुपर्छ । झारपात पलाएमा कुटो अथवा कोदालोले हल्कासँग खनेर गोड्नुपर्छ ।

 

बाली संरक्षण

 

सिमीलाई लाग्ने रोगहरूमा मोजेक भाइरस, एन्थोकनोज सिन्दुरे र कोसा डढने आदि हुन् । मोजेक भाइरस लागेमा रोकथाम गर्न रोगी बोटहरू उखेल्ने र रोग नलाग्ने जात रोप्ने, सिन्दुरे रोग रोकथाम गर्न केराथेन औषधि छर्ने र कोसा डढ्ने रोग रोकथाम गर्न बेभिष्टिन औषधिले बीउ उपचार गरी बीउ रोप्नुपर्छ । यसलाई लाग्ने कीराहरूमा लाही र कोसा प्वाल पार्ने लाभे हुन् लाहीलाई र लाभेलाई मालिथियन झोल औषधि छरी नियन्त्रण गर्न सकिन्छ ।