तनेबोडी

परिचय

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशााको लम्वाई जात अनुसार ४०/८० से।मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादतको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।

हावापानीः— यो बालीले वढी तापक्रम सहन सक्दछ । उपयुत्त तापकं्रम १८—३२ डी. से. हो । यसले छहारी सहन सक्छ ।

माटोः— पानी नजम्ने र कम मलिलो माटोमा पनि खेती गर्न सकिन्छ । यो वाली अम्लीय प्रकारको माटोमा पनि खेती गर्न सकिनछ । तर क्षारीय माटोमा यो फस्टाउदैन ।

जातहरू तथा बीउ दरः

 खुमल तने (रातो) र सर्लाही तने (कालो), प्रमुख दुई प्रचलित जात हुन् । २ के.जी. प्रति रोपनी बीउको आवश्यकता पर्दछ ।

जमिन तयारीः— शुरुमा २०—३० से.मी. गहिरो हुने गरी जोती तयसपछि पुनः हल्का जोतेर जमिन तयार गर्नु पर्दछ ।वलौटे माटोमा एकै पटक जोतेर कुलेसो वनाई बाली लगाउन सकिन्छ ।

जग्गा तयारी, मलखाद, लगाउने समय, थाँक्रो दिनेः

 राम्ररी २÷३ पटक खनजोत गरी डल्ला फोर्ने र पानी नजम्ने गरी दोमट माटोमा यसको खेती राम्रो हुन्छ । २०–२५ डोको राम्ररी कुहिएको गोठे मल अथवा कम्पोस्ट मल, ४ के.जी. युरिया, ६ के.जी. डी.ए.पी. र ५ के.जी. पोटास प्रति रोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ । यो पनि कोसे बाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ । त्यसैले नाइट्रोजनयुक्त मलले भने टपड्रेस गरिरहनु पर्दैन । यसको लगाउने समय र तरिका घिउ सिमीकै जस्तो हुन्छ । तनेबोडीपनि घिउ सिमीजस्तै लहरे बाली भएकोले थाँक्रो दिनुपर्छ ।

 

 सिंचाइ र गोडमेलः

 बीउ छर्नुभन्दा पहिले राम्ररी पानी पटाउनुपर्छ र प्रशस्त चिस्यान छँदै बीउ रोप्नुपर्छ । त्यसपछि आवश्यकतानुसार सिंचाइ गर्दै जानुपर्छ । झारपात उम्रेपछि कुटो अथवा खुर्पीले राम्ररी खनेर गोड्नुपर्छ ।

 बाली लिने,  तथा उत्पादनः

 बीउ रोपेको ६०–७० दिनमा हरियो कोसा टिप्न तयार हुन्छ । प्रति रोपनी सरदर २०० देखि ४०० के.जी. हरियो कोसा उत्पादन हुन्छ । यसमा

बाली संरक्षण

कीरामा मुख्यत  लाही कीरा लाग्छ र यो कीराले विरुवाको पात र डाँठबाट रस चुस्छ । पातमा कालो ढूसी जम्मा भएको देखिन्छ ।

यस्तै सूर्तिको पात खाने लाभ्रे पनि लाग्न सक्छ । लार्भाले कलिलो पात खान्छ भने बयस्क कीराले पात र डाँठ खाई नोक्सान पु¥याउँछ  ।

यसलाई नियन्त्रण गर्न कीराको फुल र लार्भालाई नष्ट गर्ने, निमयुक्त बिषादी २ मि।लि।प्रति लिटर पानीमा घोलेर विरुवामा छर्ने वा सर्वो तेल १० मि।लि। प्रति लिटर पानीमा घोलेर छर्ने

रोगमा मुख्यत ः डाउनी मिल्ड्यु र सिन्दुरे रोग लाग्दछ  ।

रोगको नियन्त्रण गर्न सिफारिस गरिएको रोग निरोधक जातहरु लगाउने ।