पशुपालक कृषक तथा उपभोक्ताको लाभका लागि असल पशुपालन अभ्यास :-

       पशुपालनको मुख्य उद्धेश्य भनेको पशुजन्य उत्पादन गरि उपभोक्तालाई सुरक्षित तथा गुणस्तरको उत्पादन आपुर्ती गर्नु हो । पशुजन्य उत्पादन पोषण तथा अन्य दृष्टिकोणबाट उचित भएतापनि मानब स्वास्थ्यको दृष्टिकोणबाट  फार्मबाट उपलब्ध हुने पशुजन्य उत्पादन के संक्रमण रहित छन् वा छैनन् , मानब स्वास्थ्यको लागि हानिकारक छ वा छैन, खान अयोग्य पदार्थको मिश्रण भएको छ छैन, एन्टिबायोटिक (सुक्ष्मजैबिकी प्रतिरोधात्मक औषधी) को अवशेष जुन मानव स्वास्थ्यको दृष्टिकोणबाट उपभोगका लागि हानिकारक मानिन्छ, यस्ता पदार्थको अवशेष पो छ कि, पर्याप्त मात्रमा उपलब्ध हुने पोषण पान्छ वा पाईंदैन, स्वस्थ फार्मकै उत्पादन हो वा होईन भन्ने प्रश्नहरु उठाउने ठाउँ संधैनै रहन्छ ।
उत्पादन र उपभोक्ताको सम्बन्धमा यस्ता प्रश्नहरुको सामाधानका लागि असल पशुपालन अभ्यासको अवधारणालाई बुझ्न जरुरी छ ।असल पशुपालनको अवधारणा अपनाएर पशुपालन व्यवसायमा उत्पादन र व्यवस्थापनको पनि गुणस्तर कायम राख्नाले उत्पादकलाई र उपभोक्ता दुवैलाई लाभ हुने निश्चित  । 
सुरक्षित पशुजन्य उत्पादनका लागि असल पशुपालन अभ्यासका मुख्य बुंदाहरु बुझ्नका लागि "फार्म टु फोर्क मोडल" ( फार्म देखी चम्चा सम्म) लाई प्रयोग गर्न सकिन्छ ।
 

चित्र १ : पशुजन्य उत्पादनका लागि फार्म टु फोर्क ( फार्म देखि चम्चा मोडल) 

पशुपालन फार्ममा असल पशुपालन अभ्यास:-
 

१. सुरक्षित पशु आहारा:-
       असल पशु आहार अभ्यासले पशुको स्वास्थ्य स्थिति मात्र राम्रो नभएर पशुबाट उत्पादन हुने उपभोगजन्य पदार्थको पनि गुणस्तर बृद्धी हुन जान्छ ।असल पशु आहारले पशुको शारिरिक अवस्थालाई उचित अवस्थामा राख्ने गर्छ । असल पशु आहाराले पशु कल्याणलाई समेत योगदान पुर्‍याउने गर्छ, यो अभ्यासले पशुले पर्याप्त मात्रामा आहारा, शरिरलाई आवश्यक पोषिलो पदार्थ, पर्याप्त पानी , पशु आहारमा हानिकारक रसायनको मिश्रण नभएको, बिख नमिसिएको, बिषालु पदार्थ नभएको, खान अयोग्य भनि ठहरिएको पदार्थ नभएको, ढुसी तथा ढुसीबाट उत्पादन हुने बिष (माईकोटक्सिन) नभएको आदी कुराको सिनिश्चितता गर्दछ ।बैज्ञानिक तवरबाट नभई लापरबाही ढंगबाट पशुमा एन्टिबायोटिक को प्रयोगलाई अत्यन्त सम्बेदनशील ढंगवाट नियमन गर्नु पर्दछ ।"एनटिबायोटिक रेसिस्टेन्स " समस्या अबैज्ञानिक ढंगबाट हुने एन्टिबायोटिक औषधीहरुले निम्त्याउने र देखिदै गरेको विश्वव्यापि समस्या हो । यो समस्याले गर्दा मानिसहरुमा समेत कुनै एन्टिबायोटिक औषधीले प्रभाब नदेखाउने समस्याको उत्पत्ती भएको छ । यो मानव देखि पशु स्वास्थ्यको लागि त्रासको रुपमा बिकसित भईरहेको अवस्थामा यस्ता समस्याहरु लाई असल पशुपालन अभ्यासबाट मात्र समाधान गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने समाय आएको छ ।


 

चित्र २:-पशुपालन फार्ममा असल आहारा अभ्यास ।


२.पशु कल्याण :-
 

    पशुपालनमा पशु कल्याण कानुनी तथा प्राबिधिक बिषय हो । पशु कल्याण लागु भएको फार्ममा पशुहरु स्वस्थ रहन्छन्। निम्न बुंदाहरु लागु गरिएमा पशुको कल्याण भइको ठहरिन्छ :- 

 

चित्र ३:- पशु कल्याणका लागि पशुको ५ स्वतन्त्रता 

 

 

३. पशु स्वास्थ्य :-

 

चित्र४- असल पशु स्वास्थ्य अभ्यास 


४.पशुको वसोवास अवस्था:-
पशुको असल अवस्थाको लागि निम्नानुसार बुंदाहरु सुनिश्चित हुन जरुरी छ ।
१.सफा स्वस्थ पानी
२.स्वस्थ आहारा
३.स्वस्थ गोठ, खोर
४.उचित हावाको प्रवाह, भेन्टिलेसन
५.उचित तापक्रम
६. नियमित आहारा
७.खोप
८.रोगी पशुको लागि आईसोलेशन
९.सन्तुलित आहारा
१०.रोग, परजीवी नियन्त्रण
११.ध्वनी प्रदुषण नियन्त्रण
१२. भिडभाड नियन्त्रण (ओभरक्राउडीङ नियन्त्रण)